site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
एचआइभी संक्रमित श्रेष्ठद्वारा सगरमाथामा नयाँ कीर्तिमान
Sarbottam CementSarbottam Cement

काठमाडौं । विगत २५ वर्षदेखि एचआइभीबाट संक्रमित पूर्व राष्ट्रिय खेलाडी गोपाल श्रेष्ठले बुधबार बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । 

पोखरा निवासी ५६ वर्षिय गोपाल श्रेष्ठले संक्रमितहरुलाई दया, माया वा हेला नभई अवसर र सहभागिताको अनुकूल वातावरण भए तिनले पनि अरु सामान्य मानिसले झैं आफ्नो परिवार, समाज, राष्ट्र र सम्पूर्ण विश्वकै लागि केही गर्न सक्ने सन्देश समेत दिएका छन् ।  उनी एचआइभी संक्रमित सगरमाथा चढ्ने पहिलो विश्व कीर्तिमानी समेत भएका छन् । एचआइभीबाट संक्रमित ब्यक्ति पनि स्वस्थ व्यक्ति जस्तै लामो समय बाँच्न मात्र होइन साहसिक काम पनि गर्न सक्छन भन्ने उनी उदाहरण बनेको उनका सहयोगीहरुले जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

 सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार ड्रिमर्श डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशन प्रा.लि. का फुर्वा तेन्जिङ शेर्पाको नेतृत्व र दाकिपा शेर्पाको सहजीकरणमा आरोही श्रेष्ठले सगरमाथा आरोहण गरेका हुन् ।

΄स्टेप अप क्याम्पेनः सेकेण्ड फेज’ अभियान अन्तर्गत सगरमाथा आरोहण गर्न सफल  श्रेष्ठले यसअघि थोराङ्–ला पास (५४१७ मिटर), आइसल्याण्ड पिक (६१८९मिटर) र भर्जिन पिक खाङ कार्पो (६६४६ मिटर) को आरोहण गरिसकेका छन् । उनी  सन् २०१५ को भयानक भूकम्पका कारण सगरमाथा आधार शिविरमा घाइते भएकोमा उनको उद्धार गरिएपछि सगरमाथा आरोहण त्यतिबेला अवरुद्ध भएको थियो । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६  ०९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC