site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरीको गोली लागेर विप्लवका एकजना कार्यकर्ताको मृत्यु 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरीले चलाएको गोली लागेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको छ ।  भोजपुर सदरमुकामबाट ७० किमी टाढा जंगलमा हतियारसहित विप्लवका कार्यकर्ता रहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीलाई हतियार देखाएर तर्साउन खोजेपछि प्रहरीले गोली चलाउनुपरेको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।

“हिजो दिउँसो उनीहरु हतियारसहित छन् भन्ने सूचनाका आधारमा पुगेको प्रहरीको टोलीमाथि हतियार देखाएपछि प्रहरीले गोली चलाएको थियो,” खतिवडाले बाह्रखरीसँगको कुराकानीमा भने, “तिघ्रामा गोली लागेका तीर्थराज घिमिरेको उपचारका क्रममा धरानमा राति मृत्यु भएको हो । गोली लागेको जंगलबाट ५ घण्टाबाट बोकेर तल सडकमा ल्याइएको थियो । त्यसपछि एम्बुलेन्समा राखेर उपचारका लागि लगिएको थियो । बाटोमा पहिरो खसेकाले एम्बुलेन्स पनि केहीबेर रोकियो । अर्को एम्बुलेन्स खोजेर राति १ बजे धरान पु¥याइएको थियो । तर उनको उपचारकै क्रममा मृत्यु भयो ।”

उनले जिल्लामा विप्लव समूहको गतिविधि बढेको भन्ने सूचनाका आधारमा प्रहरीले निरन्तर गस्ती गरेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“यहाँ माथिल्लो क्षेत्रमा सुरक्षाकर्मीले निगरानी गरिरहेका थिए,” उनले भने, “उनीहरु हतियारसहित बसेका रहेछन् । धेरैजसो भागे तर उनले प्रहरीलाई नै हतियार देखाएर तर्साउन खोजेपछि प्रहरीले गोली चलाएको रहेछ ।” टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र नेत्रविक्रम चन्द(विप्लव) समूहका कार्यकर्ताबीच हानाहान भएको थियो ।

प्रहरीको गोली लागेर मृत्यु भएका घिमिरे षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएका व्यक्ति हुन् ।

Global Ime bank

घिमिरेको साथबाट हतियारसमेत फेला परेको बताइएको छ । सो ठाउँ छिनामखु र खोटाङको केपलासगढी गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ । विप्लव समूहका कार्यकर्ताले प्रहरीमाथि फायर गरेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको प्रहरीले जनाएको छ ।

हतियारधारी समूह त्यहाँबाट जङ्गलको बाटो हुँदै भागेको बताइएको छ । केही दिनदेखि भोजपुर, खोटाङ र सोलुखुम्बुको सीमा क्षेत्र मैयुङ, दोभानेमा विप्लव समूहका कार्यकर्ता हतियारसहित रहेको प्रहरीले सूचना पाएको थियो । सोही सूचनाका आधारमा प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले चारैतिरबाट घेरा हालेको थियो । 

गोली चलाएलगत्तै प्रहरीले जारी गरेको विज्ञप्ति

फाइल तस्बिर 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC