site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ब्रेक्जिटको नयाँ  प्रस्तावमा समर्थन गर्न बेलायती प्रधानमन्त्रीको आग्रह, भनिन्–अन्तिम मौका
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

लण्डन । बेलायतकी प्रधानमन्त्री टेरेसा मेले युरोपेली संघबाट बेलायत अलग्गिने विषयको नयाँ संझौताको प्रस्तावलाई समर्थन गर्न सांसदहरुलाई आग्रह गरेकी छन् । प्रधानमन्त्रीले यसलाई पास गर्ने अब अन्तिम मौका भएको समेत जनाएकी छन् ।

उनले यदि संसदले युरोपेली संघबाट बाहिरिने विधेयकमा समर्थन गरेमा ब्रेक्जिटलाई लिएर दोस्रो पटक जनमत संग्रह गर्न आवश्यक छ कि छैन भन्ने विषयमा मतदान गर्न मौका मिल्ने समेत बताएकी छन् । उनले मंगलबार संसदलाई संशोधन गर्दै भनिन्,‘‘म यो अहम् मुद्दामा सदनको सच्चा र इमान्दार भावनको कदर गर्छु । सरकारले दोस्रो जनमत संग्रह गराउने मुद्दामा भोटिङ्ग गराउन सक्छ । तर, यसको लागि बेलायत युरोपेली संघबाट बाहिरिने सम्झौताका लागि मञ्जुरी मिलोस् ।’’

यसअघि प्रधानमन्त्रीको विधेयक संसदले तीन पटक अस्वीकृत गरिसकेको छ । चौथो पटक समेत यसबारेमा ठोस सहमति हुन नसकेमा संभवतः प्रधानमन्त्री मे ले पद नै त्याग्नुपर्ने हुन सक्ने यसअघि देखि नै चर्चा भइरहेको छ ।  विपक्षी सांसदहरुले पछिल्लो विधेयकपनि पहिलाको भन्दा खासै फरक नभएको बताउँदै आएका छन् । (बीबीसी र अन्य एजेन्सी)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६  ०७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC