site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुदूरपश्‍चिम विश्वविद्यालयका सबै क्याम्पसका प्रमुखको कार्यकक्षमा तालाबन्दी
Sarbottam CementSarbottam Cement

कञ्‍चनपुर । सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा प्राध्यापक र कर्मचारीले सबै क्याम्पसका प्रमुखको कार्यकक्षमा मंगलबार तालाबन्दी गरेका छन् । विश्वविद्यालयअन्तर्गतका शिक्षक कर्मचारीले आफूहरुले तलबभत्ता नपाएको भन्दै तालाबन्दी गरेका हुन् ।

सरकारको निर्णयानुसार समायोजन गरेका १४ क्याम्पसमा कार्यरत २१७ शिक्षक कर्मचारीले विगत ११ महीनादेखि तलब पाएका छैनन् । “राजनीतिक दाउपेचको शिकार बनेको सुदूरपश्चिम विश्वविद्यालय पछिल्लो पटक यस्तै अस्थिरताका कारण सङ्कटमा परेको छ”, सुप विश्वविद्यालय प्राध्यापक संघ टीकापुर बहुमुखी क्याम्पस एकाइ समितिका सभापति रामप्रसाद तिवारीले भने । उनले विश्वविद्यालयको आंगिक टीकापुर बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्षमा सोमबार संघले तालाबन्दी गरेको बताउनुभयो ।” 

Prabhu Bank
Agni Group
NIC Asia

एकाइ समितिका सभापति तिवारीले यसै आर्थिक वर्षको साउन १ गतेदेखि १४ क्याम्पसमा समायोजन नियुक्ति पाएका शिक्षक कर्मचारीको तलबभत्तालगायतको बजेट विश्वविद्यालयसभाबाट पारित भए पनि हाल नपाएकाले तालाबन्दी गर्न बाध्य भएको बताए । “एक हप्तामा समस्या समाधान नगरिए क्याम्पसको प्रशासनिक तथा शैक्षिक क्रियाकलाप बन्द गर्छौं”, तिवारीले भने ।

सुदूरपश्चिम विश्वविद्यालयका निमित्त रजिष्ट्रार डा गोविन्दसिंह विष्ट भने विश्वविद्यालय सभाको बैठकपछि समायोजनका सबै समस्या समाधान हुने बताउछन् । डा विष्टले विश्वविद्यालय सभाको निर्णयानुसार भत्ता र सञ्चयकोष हुने गरी अहिले आधारभूत तलब क्याम्पसको खातामा निकासा गरिसकिएको बताए । 

Global Ime bank

कार्यकारी परिषद्ले समायोजन भएका शिक्षक कर्मचारीका लागि असहज नहुने गरी सभामा प्रस्ताव लैजाने आश्वासन आफूहरुले दिएको भए पनि प्राध्यापक र कर्मचारीले नमानेको विष्टले
बताए । - रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६  २०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC