site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भूमिको उपयोग उत्पादन वृद्धिका लागि हुनुपर्छः सांसद विनोद चौधरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । सांसद विनोद कुमार चौधरीले देशको आर्थिक विकासको लक्ष्यसँग जोडेर भूमि सम्बन्धी कानून निर्माण हुनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा भूमि सम्वन्धी आठौ“ संशोधन विधेयकमाथि आफ्नो धारणा राख्दै सांसद चौधरीले भूमिको उपयोग उत्पादन बृद्धिका लागि हुनुपर्नेमा जोड दिए ।
इन्डस्ट्रियल पार्क, एजुकेशन सिटी र कमर्सियल फार्मिङ जस्ता अवधारणा कार्यान्वयन गर्न आवश्यक पर्ने भूमि सहज रुपमा उपलब्ध हुने गरि कानून निर्माण गर्नु आवश्यक रहेको उनले बताए ।

“उत्पादनशील उद्योगहरूमा लगानी अभिबृद्धि गरि उत्पादन बृद्धि गर्नु अहिलेको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी हो । त्यसका लागि उत्पादनशिल क्षेत्रमा लगानी गर्नेहरुलाई सहज रूपमा जग्गा उपलब्ध गराउने वातावरण तयार गर्नुपर्छ,” सांसद चौधरीले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

कुल ग्राहस्थ उत्पादन (जिडिपी)मा उत्पादनशिल क्षेत्रको योगदान १२ प्रतिशतबाट घटेर ६ प्रतिशत पुगेको तथ्य प्रस्तुत गर्दै उद्योगपति समेत रहनुभएका सांसद चौधरीले भने, “यस्ता समग्र पक्षलाई ध्यानमा राखेर मात्रै हामीले भूमिसम्वन्धी कानून बनाउनुपर्छ । अन्यथा नेपालमा लगानीकर्ताहरूको मनोवल अरू खस्किन सक्छ ।” 

औद्योगिक र शैक्षिक सस्थाहरूको स्वामित्वमा रहेको तर उपयोग गर्न बाँकी रहेको जग्गा फिर्ता गर्ने सोंच राख्नु सहि नभएको विश्लेषण गर्दै उनले औंद्योगिक क्षेत्रले दिर्घकालिन सोंचका साथ मास्टर प्लान तयार गर्ने र तत्काल केही जग्गा उपयोग नभएको जस्तो देखिए पनि भविष्यको औद्योगिक विस्तारका लागि त्यो जग्गा अपरिहार्य रहने भएकाले यसतर्फको दृष्टिकोणमा नै परिवर्तनको खाँचो रहेको बताए ।

Global Ime bank

सांसद चौधरीले आजको विश्वमा विस्तार भइरहेका आर्थिक क्षेत्र र कमर्सियसल फार्मिङका उदारहण प्रस्तुत गर्दै जमिनको खण्डिकरणबाट देशलाई औद्योगिकरण र व्यवसायिक कृषीको जग बसाल्न सम्भव नभएको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६  २०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC