site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एकै परिवारका नौजनाको हत्यामा ज्वाइँको हात रहेको प्रहरी आशंका !
Ghorahi CementGhorahi Cement

काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ आरुबोटेमा ९ जनाको विभत्स हत्यामा ज्वाइँ र साढुभाई पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रारम्भिक निष्कर्ष निकालेको छ ।  ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका माखिम घरभन्दा झण्डै २ घण्टाको पैदल दुरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर धनराज शेर्माका साढुभाई र बमबहादुर फियाकका ज्वाइँ पर्ने व्यक्ति हुन् । 

Agni Group

एक प्रहरी अधिकारीले भने,‘‘मानबहादुर श्रीमतीसँग सम्बन्ध राम्रो थिएन । श्रीमती माइतीघरमा बस्दै आएकी थिइन । सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो । उनले धनराज र बमबहादुरको परिवारले श्रीमतीलाई डिभोर्स दिन उचालेको आरोप लगाउँदै आएका रहेछन् । त्यही झोकमा उनले सबैको हत्या गरेका हुन सक्छन् ।’’ प्रहरीका विभिन्न निकायले घटनाको अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

आक्रमणबाट भोगर बाँच्न सफल भएकी १२ वर्षीया बालिका सीता खुजुमले हतियारधारी समूहले मकुन्डो लगाएर खुकरी प्रहार गरि हत्या गरेको प्रहरीलाई बताएको पोखरेलले बताए ।  घटनास्थलमा कुनै पनि हतियार फेला परेको छैन । हत्या गरिएका परिवार र रुखमा झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर सामान्य परिवारका व्यक्ति थिए । 

Global Ime bank

घटना मध्यरातमा भएको हुनसक्ने बताइएको छ । हत्या हुनेमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।

पाँचथरको चारैतिर नाकामा चेकजाँच कडा पारिएको र तीनसय बढी प्रहरी परिचालन गरिएको प्रदेश नम्बर एक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिए । हत्याको पछाडि पारिवारीक कारण हुनसक्ने आशंका गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६  ०५:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC