site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भारतीय महिला लिगको उपाधि भिडन्त भोलि, साबित्राको प्रदर्शनमा सेतुको भविष्य !
Sarbottam CementSarbottam Cement

काठमाडौं । तेस्रो संस्करणको भारतीय महिला लिग फुटबल प्रतियोगिताको बुधबार उपाधि छिनोफानो हुँदैछ । 

उपाधिका लागि तामिलनाडु क्लब सेतु र मणिपुर पुलिस स्पोर्टस क्लब आमने–सामने हुँदैछन् । नेपाली राष्ट्रिय खेलाडी साबित्रा भण्डारी र अनिता बस्नेत सेतुमा आबद्ध भएका कारण नेपाली समर्थकका लागि फाइनल खेल विशेष छ । 

Prabhu Bank
Agni Group
NIC Asia

खेल लुधियानास्थित गुरु नानक स्टेडियममा हुनेछ । सेतु अपराजित रहँदै उपाधि जित्न चाहान्छ । समूह चरणको पहिलो खेलमा मणिपुर पुलिसलाई हराएको सेतु फाइनलमा त्यही लयलाई निरन्तरता दिने रणनीतिमा छ । मणिपुर स्पोर्टस भने हारको बदला लिने लक्ष्यमा छ । सेतुविरुद्ध मणिपुर ६–४ को गोलअन्तरले पराजित भएको थियो । 

मणिपुरविरुद्ध डेब्यू गरेकी नेपालकी साबित्राको प्रदर्शनबारे विभिन्न चर्चा भइरहेका छन् । साबित्राले टोलीलाई जिताउन चार गोल गरेकी थिइन् । 

Global Ime bank

मणिपुरविरुद्धको डेब्यूसँगै भारतीय महिला लिगमा साबित्राले शानदार प्रदर्शन गरेकी छन् । सेतुलाई सोमबारमात्र फाइनलको यात्रा तय गराउन साबित्राले चार गोल गरेकी थिइन् । उनको उत्कृष्ट प्रदर्शनमा सेतुले सेन्ट्रल एसएसबीलाई ८–१ को गोलअन्तरले हराएको थियो ।

समग्रमा साबित्राले भारतीय महिला लिगमा १३ गोल गरेकी छन् । उनी सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो नम्बरमा छन् । नेपालकी अनिता बस्नेतले पनि एक गोल गरेकी छन् । विदेशी एकमात्र खेलाडी मैदान उतार्न पाउने नियमको शिकार भएकी अनिताले भने आफनो प्रदर्शन देखाउन पाएकी छैनन् । 

गतसंस्करण उपविजेतामा सिमित रहेको सेतु पहिलो पटक उपाधि जित्ने योजनामा छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC