site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सिक्वेलका नाममा सिरिजको बाढी, आधा शताब्दी लामो इतिहासमा तीन सिक्वेल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा केही वर्षयता एउटै नाममा थुपै्र चलचित्र बनिसकेका छन् । हुन त यो पनि कलिउड (नेपाली चलचित्र उद्योग) बलिउड र हलिउडकै सिको हो । विषयदेखि सूत्रसम्म कपी पेष्ट गर्ने संस्कारबाट हुर्किएको कलिउडका लागि यो नौलो होइन । 

नेपाली भाषामा नेपालमै बनेको पहिलो चलचित्र ‘आमा’कै नाममा अर्को चलचित्र करिब १२ वर्ष अगाडि बन्यो । सोही नाममा पुनः अर्को चलचित्र बन्दैछ । दीपेन्द्र के खनालले ‘आमा’ निर्देशन गर्दैछन् । फागुन ९ गते उनको चलचित्र प्रदर्शन हुनेछ । 

निर्देशक तुलसी घिमिरेले १८ वर्ष अगाडि चलचित्र ‘दर्पण छाया’ बनाए । चलचित्र उनको करिअरको माइलस्टोन बन्यो । दिलिप रायमाझी, उत्तम प्रधान, निरुता सिंहका लागि यो चलचित्र देउता सावित भयो । 

Prabhu Bank
Agni Group
NIC Asia

१७ वर्षपछि उनले ‘दपर्ण छाया–२’ बनाए । नाम दपर्ण छाया भनिए पनि वास्तवमा यो चलचित्र सिक्वेल थिएन । कथा अर्कै थियो । त्यसैले यो सिक्वेल होइन सिरिज थियो । यही नामलाई सापटी लिएर फेरि ‘दपर्ण छाया’ बनाउने तयारीमा दिलिप रायमाझी र निरुता सिंह छन् । 

गत वर्षको अन्तिम महिनाको सप्ताहन्तमा झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर–३’ रिलिज भयो । गत हप्ताको शुक्रबार चलचित्र ‘वीरविक्रम–२’ प्रदर्शन भयो । तर यी चलचित्रको नाम सिक्वेलको दिइए पनि वास्तवमा सिक्वेल नभएर सिरिज मात्रै थिए । 

Global Ime bank

‘नाईं नभन्नु ल’को पाँचवटा सिक्वेल आइसक्यो । ‘छक्का पञ्जा–३’ सम्म आइसक्यो । तर यी चलचित्रले पनि पहिलो नामका अगाडि १,२,३... झुण्डाएर सिक्वेलको झल्को दिए पनि यी चलचित्र पनि सिक्वेल नभएर सिरिज मात्रै थिए । 

अक्सर अघिल्लो चलचित्रलाई दर्शकले मन पराएपछि दोस्रो चलचित्रमा पहिलोजस्तै राम्रो बनेको हुन सक्ने अपेक्षा राखेर दर्शक हलसम्म आउने अपेक्षाले सिरिज बनाएको पाइन्छ । तर निर्माता तथा निर्देशकले पहिलो चलचित्रको ‘ब्याज’ खानका लागि सिक्वेल भएको झैँ प्रचार गर्छन् । तर सिक्वेल र सिरिजमा फरक छ । सिरिज भनेको अघिल्लो चलचित्र हलमा राम्रो चलेपछि त्यसको सकारात्मक असर नामकै कारण दोस्रो वा तेस्रो चलचित्रमा पनि पर्छ भनेर ब्रान्डका लागि नाम मात्रै पुरानो राखिन्छ । तर कथा फरक हुन्छ ।

सिक्वेल भनेको नाम पनि त्यही र कथा पनि ‘कन्ट्न्यिु’ हो । अघिल्लो चलचित्रमा भन्न बाँकी रहेको कथालाई लिएर दोस्रो चलचित्र बनाउनु सिक्वेल हो । 

गत शुक्रबारबाट हलमा प्रदर्शन भइरहेको प्रदीप भट्टराईले निर्देशन चलचित्र ‘जात्रै जात्रा’ सिक्वेलको उदाहरण हो । ‘जात्रा’मा भेट्टाएको तीन करोड रुपैयाँमा दुई करोड ८० लाख रुपैयाँ नक्कली ठहर भएपछि सकिएको ‘जात्रा’को बाँकी कथामा ‘जात्रै जात्रा’ बनेको छ । यस्तै सिक्वेलकै रुपमा बनेको अर्को चलचित्र ‘लुट–२’ हो । निश्चल बस्नेत निर्देशित चलचित्रमा बैंक लुटेर फरार भएपछि सकिएको ‘लुट’को बाँकी कथा ‘लुट–२’मा देखाइएको छ । 

रामबाबु गुरुङ निर्देशित चलचित्र 'कबड्डी-कबड्डी' पनि सिक्वेल हो । 

आधा शताब्दीभन्दा लामो नेपाली चलचित्र उद्योगको इतिहासमा अहिलेसम्म बनेको सिक्वेल ‘लुट’, ‘जात्रै जात्रा’ र 'कबड्डी-कबड्डी' मात्रै हुन् । बाँकी सबै सिरिज मात्रै हुन् । अघिल्लो चलचित्र चलेपछि त्यसको लोभमा बनेका मात्रै हुन् । 

नाम पछाडि २, ३ राखेर सिरिज बनाउन सुरु गर्ने चलचित्र भने ‘हिम्मत–२’ र ‘पापी मान्छे–२’ हुन् । ‘हिम्मत–२’बाट सुरु भएको सिरिजको यात्रा ‘वीरवीक्रम–२’सम्म आइपुगेको छ । ‘हिम्मत–२’लाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए । 

नाम उही तर कथा फरक राखेर चलचित्र बनाउन निर्माता तथा निर्देशकहरु आकिर्षित हुनुको कारण ब्रान्ड ‘भ्यालु’ नै मुख्य कारण भएको चलचित्रकर्मीहरु बताउँछन् । कलाकार, चलचित्र लेखक, निर्माता तथा निर्देशक दीपकराज गिरी चलचित्रको प्रचारमा सहयोग गर्ने भएकाले नाम दोहोर्‍याउने गरेको बताउँछन् । “छक्का पञ्जा अब ब्राण्ड भइसक्यो । मैले अर्को चलचित्र बनाएँ भने पनि ‘छक्का पञ्जा’ जस्तै बनाएछ भन्थे, किनभने मेरो फ्ेल्बर त्यही हो,” दीपक बाह्रखरीसँग भन्छन् । 

सबैभन्दा लामो सिरिज निर्माण गरेका चलचित्र निर्देशक, निर्माता तथा लेखक विकास आचार्य ब्रान्ड बनिसकेको चलचित्रको नाम लिएर अर्को चलचित्र बनाउँदा त्यसको प्रचारमा ठूलो रकम बच्ने बताउँछन् । “नयाँ चलचित्र बनाएर त्यसलाई आम दर्शकसम्म पुर्‍याउन र त्यसमा लाग्ने खर्च ब्रान्ड बनिसकेको नाममा बनाउँदा बच्छ,” आचार्य बाह्रखरीसँग भन्छन् । 
सिरिजभन्दा सिक्वेल बनाउन कठिन रहेको चलचित्र ‘जात्रै जात्रा’ निर्देशक तथा लेखक प्रदीप भट्टराई बताउँछन् । “सिक्वेलमा झन बढी ‘रिस्क’ हुन्छ । नयाँ विषयमा नयाँ तरिकाले काम गर्न धेरै सजिलो छ । नयाँ आइडियामा स्वतन्त्र तरिकाले काम गर्न सकिन्छ । तर यसमा अघिल्लो चलचित्रको कथामा बाँधिएर काम गर्नुपर्छ त्यसैले यसमा झन धेरै रिस्क छ,” भट्टराई बाह्रखरीसँग भन्छन्, “भाग एक जत्तिकै राम्रो चलचित्र बनाउन यसमा चुनौती पनि हुन्छ । दर्शकको अपेक्षा पूरा गर्नुपर्ने जिम्मेवारी सम्झिँदा यो सजिलो काम हैन ।”

० ० ०

सिरिजः नाम एउटै भए पनि विषय फरक हुन्छ । सिरिजमा कलाकार, निर्देशक, निर्माता तथा चलचित्रको जानर् नै फरक पनि हुन सक्छ । सिरिजमा नामबाहेक अघिल्लो भागसँग पछिल्लो भागको कुनै साइनो-सम्बन्ध हुँदैन । 

सिक्वेलः सिक्वेल अघिल्लो भागको निरन्तरता स्वरुप बन्ने चलचित्र हो । अघिल्लो भागमा चलचित्र सकियो तर कथा सकिने बाँकी ठाउँ छ र त्यो बाँकी कथालाई अर्को भागमा देखाइन्छ भने त्यसलाई सिक्वेल भनिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६  १५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC