site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
हुवावेलाई राहत : अमेरिकाले हटायो केही समयका लागि प्रतिबन्ध
Sarbottam CementSarbottam Cement

स्मार्टफोन निर्माता हुवावे टेक्नोलोजिजका लागि गुगलका तर्फबाट एन्ड्रोइडको प्रयोगमा लगाइएको प्रतिबन्ध हटेको छ । युएस कमर्स डिपार्टमेन्टले उक्त प्रतिबन्धको आदेश केही समयका निम्ति स्थगन गरेको हो । 

प्रतिबन्ध लगाउँदा ‘युएसका कम्पनी अब चिनियाँ कम्पनी हुवावेका  साथ बिजनेस गर्न सक्दैन’ भनिएको थियो । त्यसपछि गुगलले पनि उक्त कम्पनीको एन्ड्रोइड लाइसेन्स रद्द गरिदिएको थियो । अहिले पुनः हुवावेले मौजुदा लाइसेन्सबाटै आफ्नो सेवा पहिलाजसरी नै प्रवाह गर्न सक्ने बताइएको छ । 

समाचार संस्था रोयटर्सको एक रिपोर्टअनुसार युएस कमर्स डिपार्टमेन्टले हुवावे टेक्नोलोजिज कर्पोरेट लिमिटेडलाई अमेरिकामा बनेका सामान खरिद गर्न अनुमति दिनेछ, यसबाट कम्पनी मौजुदा ह्यान्डसेटका निम्ति सफ्टवेयर अपडेट्सलगायतका सेवा जारी राख्न सकिनेछ । तर कुनै पनि नयाँ उत्पादनका लागि भने यो सुविधा उपलब्ध हुने छैन । रोयटर्सको रिपोर्टमा युएस सेक्रेटरी अफ कमर्स विल्बर रसलाई उद्धृत गर्दै भनिएको छ, ‘‘संक्षिप्तमा भन्नुपर्दा, मौजुदा लाइसेन्सबाट मौजुदा मोबाइल फोन प्रयोगकर्ता तथा ब्रोडब्यान्ड नेटवर्कका लागि सेवा जारी राख्ने अनुमति दिन्छ ।’’ लाइसेन्स आगामी अगस्ट १९ सम्म मान्य रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

हुवावेलाई फाइदा

युएस कमर्स डिपार्टमेन्टबाट दिइएको राहतबारे हुवावे र गुगल दुवै कम्पनीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । नयाँ अपडेटबाट हुवावेलाई आगामी ९० दिनसम्म सेवा प्रवाह गर्ने मञ्जुरी मिलेको छ । यसमा तत्कालै कुनै रोकावट नआउने पनि बताइएको छ । ९० दिनसम्म मौजुदा डिभाइसेजका लागि अपडेट तथा सिक्योरिटी रिलिज आई नै रहेनछ । 
गुगलले भनिसकेको छ कि, अमेरिकी सरकारको आदेशपश्चात् मौजुदा हुवावे फोनमा गुगल प्ले तथा गुगल प्ले प्रोटेक्टको सिक्योरिटी उपलब्ध भइरहने छ । अगस्ट १९ पछि भने यो लाइसेन्सको म्याद समाप्त हुनेछ या पुनः हुवावे स्मार्टफोनले एन्ड्रोइड क्यु अपडेटको सुविधा पाइरहन्छ भन्नेचाहिँ अस्पष्ट नै छ ।  

Global Ime bank

नयाँ हुवावे फोन के हुन्छ ?

हुवावेको नयाँ उत्पादन, खासगरी एन्ड्रोइड स्मार्टफोन अब के हुन्छ भन्ने सवालको जवाफ दिन मुश्किल छ । युएस कमर्सले नयाँ उत्पादनका लागि पछिल्लो आदेश दिएको होइन । यो त केवल मौजुदा उत्पादनका निम्ति दिइएको राहत हो । हुवावेकै कतिपय उत्पादनका बारेमा पनि स्पष्ट नीति लिइएको देखिँदैन ।

गुगल एप्सले हुवावे फोनमा काम गर्छ ?

चीन र अमेरिकी सरकारबीच जारी ‘ट्रेड वार’ लाई दृष्टिगत गर्दा यो काम हुन मुश्किल देखिन्छ । अमेरिकी सरकाले हुवावेलाई ‘एन्टिी लिस्ट’ मा राखेको छ । यसको अर्थ, अमेरिकी कम्पनीहरुले सरकारको अनुमतिबिना हुवावेसँग कुनै पनि व्यापार गर्न सक्दैनन् । यही कारण हुवावे फोनका लागि एन्ड्रोइडको अनुमति रद्द गरिदएको हो । गुगलले ९० दिनसम्म एन्ड्रोइड सिक्योरिटी अपडेट मौजुदा डिभाइसेजलाई दिन सक्छ । हुन सक्छ, हुवावे आफ्नो फ्युचर फोन एन्ड्रोइड लिएर आउने छैन उसले आफ्नै सफ्टवेयरको विकास पनि गर्न सक्छ ।

लाइसेन्स प्रतिबन्धको असर

अप्ठेरो कुरो त के छ भने, हुवावेले केवल ‘ओपन सोर्स’ बाट उपलब्ध एन्ड्रोइड प्रयोग गर्न सक्छ । बाँकी त गुगलसँग जोडिएका छन् । जिमेल, गुगल म्याप्स, युट्युबले सम्भवतः नयाँ डिभाइसमा बिनाइजाजत काम गर्न सक्दैन । अहिले मौजुदा स्मार्टफोनमा गुगल प्ले स्टोरले काम गरिरहने छ र उपभोक्ताले पहिलाजसरी नै एप्स डाउनलोड या अपडेट गर्न सक्छन् । अमेरिकी प्रतिबन्धको असर दुनियाँभरका हुवावे फोन प्रयोगकर्तामा पर्नेछ । पछि गएर बाँकी स्मार्टफोनमा पनि एन्ड्रोइडले काम गर्न छाड्न सक्नेछ ।  
नवभारत टाइम्स डटकम    
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६  १४:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC