site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सांसदसामु कुलमानको चेतावनी– भ्रष्टाचार प्रमाणित भए झुण्डिएर मर्छु
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन् । कार्यकारी निर्देशक घिसिङले नेपाल विद्युत् प्राधिकरणभित्र भ्रष्टाचार भए–नभएको सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरिएको पनि स्पष्ट पारे । 

मंगलबार संघीय संसदको सार्वजनिक लेखा समिति बैठकमा सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा ट्रंकलाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब भ्रष्टाचार गरेको आरोप लगाएपछि उनले त्यो आरोप प्रमाणित भए आफू झुण्डिएर मर्न तयार रहेको चेतावनी दिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कार्यकारी निर्देशक घिसिङले सांसद मोदीलाई सांसद भएँ भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न पनि सचेत गराए । उनले प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको भए त्यसलाई छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन दुई वटा छानबिन समिति गठन गरेर काम अघि बढाइएको पनि स्पष्ट पारे । 

यता समितिका सदस्य एवम् सत्तारुढ नेकपाका सांसद मोदीले कार्यकारी निर्देशक घिसिङले आफूले लोडसेडिङमुक्त गरेको दम्भ देखाएर भ्रष्टाचार गरिरहेको आरोप लगाए । उनले त्रिशूली जलविद्युत् आयोजनाको काम रोके लगेर थुनिदिने चेतावनी दिने अधिकार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कसले दियो ? भनी प्रश्न पनि उठाए । सांसद मोदीले कार्यकारी निर्देशक घिसिङ भ्रष्टाचारमा मुछिएको दाबी गर्दै तत्काल छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरे । 

Global Ime bank

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा टं«क लाइनबाट विद्युत् उपयोग गर्ने उद्योगीहरुबाट बक्यौता रकम असुली गर्ने पत्राचार गरेपछि त्यो कानुनसम्मत नभएको भन्दै उद्योगी व्यापारीहरुले पनि विरोध गर्दै आएका छन् । यता, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने नियम अनुसारनै तिर्नुपर्ने शुल्क तिर्न उद्योगी–व्यवसायीहरुलाई पत्राचार गरिएको स्पष्ट पारे । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६  १४:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC