site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
आर्ट मुभीको संख्या बढ्दै, तीनवटालाई सरकारी सहयोग
Sarbottam CementSarbottam Cement

काठमाडौं । वर्ष २०७६ मा नेपालमा आर्ट मुभी अघिल्ला वर्षको तुलनामा केही बढी बन्ने भएका छन् । गत वर्ष ‘हरि’, ‘बुलबुल’ लगायत आर्ट मुभी प्रदर्शनमा आएका थिए । ९६ वटा चलचित्र प्रदर्शनमा आउँदा आर्ट मुभी ‘हरि’, ‘बुलबुल’ मात्रै रिलिज भएका थिए । यस वर्ष भने यो संख्यामा वृद्धि हुने देखिएको छ । 

दीपेन्द्र के खनालले ‘आमा’ बनाउँदैछन् भने रामबाबु गुरुङले ‘कबड्डी-३’ निर्देशन गर्दैछन् । माओत्से गुरुङ ‘दयारानी’ लिएर आउँदैछन् । हेमराज बिसी ‘घामड शेरे’ निर्देशन गर्ने तयारीमा छन् । चलचित्र ‘बुलबुल’का निर्देशक विनोद पौडेल पनि भुटानी शरणार्थी सम्बन्धी चलचित्र यही वर्ष निर्माणको तयारीमा जुटेका छन् । यसकै सिलसिलामा उनी अहिले अमेरिका पुगेर यसको स्क्रिप्ट लेखिरहेका छन् । 

यस्तै चलचित्र ‘दास ढुङ्गा-२’ निर्माण हुने भएको छ । कुमार भट्टराईले यसलाई निर्देशन गर्दैछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्र ‘डाइङ क्यान्डल’ निर्देशन गरेका नरेशकुमार केसी पनि अहिले आर्ट मुभीको स्क्रिप्टमा काम गरिरहेको बताउँछन् । यी अहिलेसम्म यो वर्ष घोषणा भएका आर्ट मुभी हुन् । यो संख्यामा अझै केही थपिन सक्नेछन् । यी चलचित्र कमर्सियलभन्दा पनि विषयवस्तुलाई केन्द्रमा राखेर बनाइने चलचित्र हुन् । 

“आर्ट मुभीको संख्यामा वृद्धि हुनु राम्रो हो । यस्ता पनि चलचित्र बन्छन् र खास चलचित्र भनेका यी हुन् भनेर दर्शकलाई जानकारी दिँदै हेर्ने बानी बसाउन पनि यस्ता चलचित्र बन्नुपर्छ,” निर्देशक दीपेन्द्र के खनाल भन्छन्, “कमर्सियल सिनेमा मात्रै धेरै बन्ने भएकाले वास्तविक चलचित्र ओझेलमा परिरहेका छन् ।”

Global Ime bank

हिन्दी सिनेमा हेर्न बानी बसेको र त्यही सूत्रमा बन्ने नेपाली चलचित्र मात्रै वास्तविक चलचित्र हुन् भन्ने धारणा नेपाली दर्शकमा बसेको निर्देशक विनोद पौडेल बताउँछन् । फास्ट कट चलचित्र हेरेर चलचित्र भनेकै त्यस्तै हुनुपर्छ भन्ने बानी बसिसकेको भन्दै उनी भन्छन्, “वास्तवमा चलचित्र चलुन् या नचलुन् तर अबको केही वर्ष लगातार नेपाली चलचित्र उद्योगमा आर्ट मुभी बन्नुपर्छ । दर्शकलाई कमर्सियल बाहेक जीवनको वास्तविक कथा भन्ने चलचित्र पनि हुँदारहेछन् र हेर्नुपर्छ भन्ने बानी बसाउन आर्ट मुभी बनाउन जरुरी छ ।”

नेपालमा चलचित्रलाई विजनेश मात्रै सम्झिने तर आर्ट हो भन्ने बुझाई नभएकाले यस्ता चलचित्रमा निकै कम लगानी हुने गरेको निर्देशक पौडेल बताउँछन् । आर्ट मुभीमा लगानी चलचित्र विजनेशभन्दा पनि आर्ट भएको बुझ्ने निर्माता चाहिने उनले बताए । 

निर्देशक खनाल आर्ट मुभीमा रेगुलर निर्माताले मात्रै लगानी गर्ने बताउँछन् । नेपालमा अहिलेको सन्दर्भमा कमर्सियल मुभीको तुलनामा आर्ट मुभी नचल्ने तर देशको कला, संस्कृति यसमै हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा जाने यस्ता चलचित्रलाई राज्यले विशेष सुविधा दिनुपर्ने उनको धारणा छ । “आर्ट मुभीलाई राज्यले निर्माणदेखि प्रदर्शनसम्म सहयोग गर्नुपर्छ । प्रदर्शनमा यस्ता चलचित्र रिलिज भएको दुई हप्तासम्म अरु चलचित्र रिलिज गर्न नपाइने नियम बनाउन विकास बोर्डलाई मेरो आग्रह छ,” निर्देशक खनाल भन्छन्, “दर्शकलाई आर्ट मुभी हेर्ने बानी नपरेसम्म यो नियम बनाउन सकिन्छ ।”

यता, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई भने तँ यो हप्ता चलचित्र लगा र यो हप्ता नलगा भनेर भन्न नसकिने तर आग्रह भने गर्न सकिने बताउँछन् । यद्यपि नेपाली माटो बोल्ने र अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिनिधित्व गर्ने चलचित्रलाई विशेष सुविधा दिने योजनासहितको प्रस्ताव आफूले विभागीय मन्त्रालयमा पेश गरेको भट्टराई बताउँछन् । 

“पहिला नेपाली पहिचान झल्किने दुईटा चलचित्रलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने व्यस्वस्था थियो । अहिले हामीले यो संख्या बढाएर तीन पुर्‍याएका छौं । मैले मन्त्रालयमा पेश गरेको प्रस्तावमा धेरै कुरा छन् । प्रस्ताव स्वीकृत भएर आयो भने धेरै काम गर्न सकिन्छ,” उनले भने । 

आर्ट मुभीलाई प्राथमिकतामा राख्दै आफूले यो वर्ष ‘हरि’, ‘बुलबुल’ र ‘प्रसाद’लाई श्रीलंकामा हुने अन्तर्राष्ट्रिय फिल्म फेष्टिवलमा पठाउन लागेको यद्यपि त्यो मिति पर सरेको अध्यक्ष भट्टराईले बताए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC