site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 ‘एक साताअघि नुनमा सिसा हालेर खाना खुवाइएको थियो’
Ghorahi CementGhorahi Cement

काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा दुई परिवारका नौजनाको गएराति रहस्यपूर्ण ढंगले हत्या भएको छ । केहीबेर अघि घटनास्थलमा रहेका सो गाउँपालिकाका अध्यक्ष अमर माखिमले बाह्रखरीसँगको कुराकानीमा बताएअनुसार एक साताअघि मात्रै दुईमध्ये एउटा घरमा अर्को रहस्यपूर्ण घटना भएको थियो । 
स्थानीय स्तरमा आयोजित एक कार्यक्रमका क्रममा ५ जनाको मृत्यु भएको घरमा खाना बनाइएकोमा खानामा प्रयोग गरिएको नुनमा सिसाको धूलो पनि हालेको पाइएको थियो । माखिमले भने,‘‘त्यो खाना खाएर केही मान्छे बिरामी पनि भएका थिए । अहिले त्यही घरमा हत्या भएको छ । अचम्म लागिरहेको छ ।’’

त्यतिबेला नुनमा कसले सिसा हालेको थियो भन्ने कुरा अझै नखुलेको समेत अध्यक्ष माखिमले बताए ।

Agni Group

उनले २ किमीको अन्तरमा रहेका दुवै घरमा शव देखिएको र मृत्यु हुने एक जनाको उमेर ७० वर्षको रहेको समेत जनाए । ‘‘अहिले सदरमुकामबाट डीएसपीसहितको टोली समेत यहाँ आइसकेको छ । अब उहाँहरुले अनुसन्धान प्रक्रिया अघि बढाउनुहुनेछ ।’’

दुई परिवारका नौ जनालाई गएराति खुकरी प्रहार गरी हत्या गरिएको स्थानीयले बताएका छन् ।  दुवै परिवार आफन्त हुन् । धनराज लिम्बुको घरमा पाँचवटा र बमकुमार लिम्बुको घरमा चारवटा शव फेला परेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिएका छन् । 

Global Ime bank

प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार घटना भएको स्थान सदरमुकामबाट ६५ किमी टाढा छ । हत्या भएका दुबै परिवार ससुरा र ज्वाईँको भएको गाविस अध्यक्ष माखिमले बताएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC