site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मुखुण्डो लगाएर आएको समूहले गरेको थियो पाँचथरमा दुई परिवारका नौजनाको हत्या 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा दुई परिवारका नौजनाको हत्या भएको छ । दुई परिवारका नौ जनालाई खुकरी प्रहार गरी हत्या गरिएको बताइएको छ ।  धनराज लिम्बुको घरमा पाँचवटा र बमकुमार लिम्बुको घरमा चारवटा शव फेला परेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार घटना भएको स्थान सदरमुकामबाट ६५ किमी टाढा छ । 

“धारिलो हतियार प्रहार गरेको भन्ने सूचना पाइएको छ,” उनले भने, “खुकुरी प्रहार गर्न लाग्दा एकजनाले भागेर ज्यान बचाएका छन् । हत्या कसले र किन गर्यो भन्ने केही खुलेको छैन ।” हत्या भएका दुबै परिवार ससुरा र ज्वाईँको भएको उनले बताए । घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालयका एसएसपीको नेतृत्वमा, सीआईबीको एसपीको नेतृत्वमा, प्रदेश प्रहरीको विशेष टोली र क्षेत्रीय अनुसन्धानको कुकुरसहितको टोली घटनास्थलका लागि प्रस्थान गरेको छ । घटनास्थल सदरमुकामबाट टाढा भएकाले पुग्न केही ढिला हुन सक्ने प्रदेश नम्बर १ प्रहरी प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीया धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम नखुलेकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बुको विभत्स हत्या भएको छ । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् ।

घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६  ०९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC