site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
'उत्कृष्ट शिक्षा नेपालमै' भन्ने नारासहित बृहत् शैक्षिक मेला हुने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल, ९ज्क्ष्क्क्ब्ल्० र कान्तिपुर पब्लिकेसन्स प्रालीको संयुक्त आयोजनामा “उत्कृष्ट शिक्षा नेपालमै” भन्ने नाराका साथ यही जेठ ९ गते देखि १२ गतेसम्म भृकुटीमण्डप, प्रर्दशनीहलमा बृहत् शैक्षिक मेला “छैठौं कान्तिपुर हिसान एडुफेयर –२०१९” हुने भएको छ ।

नेपालमै सञ्चालित शिक्षालयहरुले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्य, तथ्य र यथार्थ जानकारी गराउने र विद्यार्थी तथा अभिभावकहरुलाई नेपालमै पनि उत्कृष्ट शिक्षा पाइन्छ भन्ने बिषयमा विविध परामर्श दिने उद्देश्यले विगत ६ वर्षदेखिे शैक्षिक मेला आयोजना गरिँदै आएको छ । 

नेपालमा संचालित शिक्षालयहरुले दिने गुणस्तरीय र उत्कृष्ट शिक्षाका बारेमा उचित जानकारी एवं परामर्श नहुँदा, कुन विषय किन पढ्ने, विषयको छनोट कसरी गर्ने भन्ने कुरामा अन्योलता हुने र कतिपय विद्यार्थी तथा अभिभावकहरुको विदेश मोहका कारणले शिक्षा प्राप्तकै लागि ठूलो धनराशि विदेशिएको वर्तमान समयमा यस्ता समस्याबाट मुक्त हुन र ठुलो धनराशि विदेश जानबाट जोगाउन तथा विद्यार्थी, अभिभावक र शिक्षा क्षेत्रसँग सम्बन्धित ब्यक्तिहरुलाई  एकै छानामुनि गुणस्तरीय शिक्षाका बारेमा विस्तृत जानकारी दिने उद्देश्यले शैक्षिक मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC