site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
भारतमा कसले चुनाव जित्दा नेपाललाई बढी फाइदा हुन्छ ? 
Sarbottam CementSarbottam Cement

भारतमा १७ औं लोकसभाको निर्वाचन आइतबार सकिएको छ । विभिन्न सात चरणमा भएको निर्वाचनको परिणाम यही मे २३ तारेख अर्थात् बिहीबार सार्वजनिक हुँदैछ ।

अहिलेसम्मको अवस्था हेर्दा प्रधानमन्त्री नरेन्द्र मोदी फेरि आउने अवस्था देखिएको छ । उहाँले पाँचवर्षसम्म स्थिर सरकार चलाएकोले सकारात्मक वातावरण सिर्जना भएको ठानिएको छ । नेपालमा पनि अहिले दुई तिहाइ बहुमतको स्थिर सरकार छ । दुवैतिर स्थिर सरकार हुँदा त्यसले आपसी सम्बन्धमा पनि एकरुपता आउने सम्भावना हुन्छ । 

भारतमा  अब चुनावपछि सायद मोदीले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (इपीजी) को प्रतिवेदन पनि बुझ्नुहुन्छ होला । यो धेरै अगाडि तयार भएपनि भारतीय प्रधानमन्त्रीको समय नमिलेर बुझाउन नपाइएको भनिँदै आएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दुबै देशका प्रधानमन्त्रीले त्यो बुझेपछि त्यसलाई कार्यान्वयन गर्ने कुरा अब आउला । त्यसले गर्दा दुई देश आगामी दिनमा सकारात्मक दिशातर्फ जाने सम्भावना रहेको छ । मोदीले पहिला भनेजस्तै छिमेकी पहिलोे (नेइबरहुड फस्ट) नीति कार्यान्वयन गर्नुहोला भन्ने ठानिएको छ ।

पहिला नाकाबन्दी भयो कसरी राम्रो होला भन्ने ठान्ने ?

Global Ime bank

पहिला नाकाबन्दी भएकोले अब मोदी नै सत्तामा आउनुभयो भने कसरी सम्बन्ध राम्रो होला भन्ने प्रश्नसमेत नेपालमा उठिरहेको छ । अहिले अवस्था फरक छ । उहाँहरुले पनि सोच्नुभयो होला त्यसो गरेर राम्रो हुँदैन रहेछ भन्ने कुरा । 

छिमेकीलाई चिढ्याउनु हुन्न भन्ने कुरा बुझ्नु भयो होला  । त्यसैले नाकाबन्दी जस्ता घटना फेरि दोहोरिन्छन् जस्तो लाग्दैन । नेपाल र भारतबीचको सम्बन्ध भनेको सरकारबीचको मात्रै होइन । जनस्तरको पनि सम्बन्ध हो । नाकाबन्दीको समयमा भारतमा नै पनि सबैको एकै स्वर थिएन । छिमेकमा राम्रो सम्बन्ध बनाउनुपर्छ भन्ने उहाँहरुले पनि बुझ्नुभएको होला । त्यसैले पुरानो अवस्था दोहोरिँदैन भन्ने आशा गर्न सकिन्छ ।

राजा र हिन्दुवादीको आश

उहाँहरुको हिन्दुप्रति अलिकति भावनात्मक सम्बन्ध हुन सक्छ । तर, राजनीतिक मामिलामा नै उहाँहरुलाई हस्तक्षेप गर्न गाह्रो हुन्छ । त्यसैले त्यसरी हस्तक्षेप नहोला । 

किनकि उहाँहरुलाई यसैगर भनेर ‘डिक्टेसन’ गर्न गाह्रो छ । त्यसैले हस्तक्षेपकै चरणमा उहाँहरु उत्रिनुहोला जस्तो लाग्दैन । नेपाली जनताले चाहेको अवस्था भन्दा बाहिर पुराना शक्तिहरुलाई सघाउने भन्ने सम्भावना हुँदैन । उहाँहरुले पनि परिस्थितिलाई बुझ्नु भएको छ । त्यसैले त्यस्तो सोच ठीक होइन ।

भारतको पक्षमा अमेरिका र चीन जाँदा के होला ?

पाकिस्तानमा रहेका भनिएका जैश ए मोहम्मदका नेता मसूद अजहरलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्बाट आतंककारीको सूचीमा राखिएको प्रसंगमा अमेरिका, चीन, भारत अहिले एकै स्थानमा उभिएका छन् । ती राष्ट्र एकैस्थानमा उभिँदैमा नेपालको प्रसंगमा त्यसले नकारात्मक असर गर्दैन । त्यसले सकारात्मक प्रभाव नै पर्छ ।   

भाजपा वा कांग्रेसले जित्दा फरक पर्छ ?

चुनावमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र प्रमुख विपक्षी कांग्रेस आइले चुनाव जित्दा नेपालको प्रसंगमा कुनै सकारात्मक वा नकारात्मक असर गर्ला कि भन्ने नेपालमा चासो पाइन्छ ।  नेपालमा हिन्दू बहुल समाज भएको हिसाबले भावनात्मक रुपमा भाजपा नजिक देखिएला । उसले केही बढी सहानुभूति पनि राख्ला । तर, कांग्रेस आउँदा पनि दुई देशबीचको सम्बन्धमा तात्विक असर गर्छ जस्तो लाग्दैन । 

किनकि दुई पक्षीय मामिलाका कुरा त्यहाँको कर्मचारीतन्त्रले नै हेर्ने गरेको छ । त्यसैले व्यापार, लगानीजस्ता कतिपय दुई देशबीचको मामिलामा जुनसुकै सरकार आएपनि तात्विक अन्तर आउला जस्तो लाग्दैन । त्यसैले आगामी दिनमा नेपाल र भारतबीचको सम्बन्ध राम्रै होला भन्ने लाग्छ ।
(भारतका लागि पूर्वराजदूत डा. सिंहसँग बाह्रखरीको कुराकानीमा आधारित)

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६  ०३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC