site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनसेल र पुल्चोक क्याम्पसबीच छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई निरन्तरता दिन सहमति
Sarbottam CementSarbottam Cement

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो निकै सरहना गरिएको ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’ कार्यक्रमलाई थप पाँच वर्षका लागि निरन्तरता दिन ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पससंग सम्झौता गरेको छ । नयाँ सहमति अनुसार ईन्जिनियरिङ्ग तर्फका थप दुई संकाय पनि यस पहलमा समावेश हुनेछ । 

एनसेलको व्यवसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रहेको यस कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन तथा सहयोग पुर्याउँदै दक्ष युवा जनशक्तिको विकासका लागि योगदान पुर्याउने लक्ष्य लिएको छ । यस सहमति अनुरुप एनसेलले पुल्चोक क्याम्पसमा २०७६ साल देखि २०८० साल सम्म  ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्,  कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई रु १ करोड ३० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गर्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

एनसेलको तर्फबाट वित्तीय प्रमुख कनिश्क गयान विक्रमा र पुल्चोक क्याम्पसको तर्फबाट ईन्जिनियरिङ्ग अध्ययन संस्थाका डिन प्रा. रामचन्द्र सापकोटाले सोमबार (जेठ ६) पुल्चोक क्याम्पसमा आयोजित एक कार्यक्रममाझ सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यस सहमति अनुसार एनसेलले २०७६ देखि हरेक वर्ष पाँच वर्ष सम्म ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्,  कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा अध्यनरत उत्कृष्ट विद्यार्थीलाई  १८ छात्रवृत्ति र ६ उत्कृष्टता सम्मान पुरस्कार प्रदान गर्नेछ ।

एनसेल छात्रवृत्तिले लगनशील र उत्कृष्ट प्रतिभालाई प्रबद्र्धन गर्न मद्दत गर्नेछ भने एनसेल उत्कृष्टता सम्मानले उत्कृष्ट नतिजा सहित उतिर्ण भएका विद्यार्थीहरुलाई उच्च लगन, मनोवल प्रदान गर्नेछ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि रु १,००,००० रहेको छ ।

Global Ime bank

“निकैनै गतिशिल यस ईन्जिनियरिङ्ग शिक्षा क्षेत्रमा ईन्जिनियरिङ्गका प्रतिभालाई थप उजागर गर्ने र योग्य विद्यार्थीलाई प्रोत्साहन गर्ने हाम्रो उदेश्य रहेको हो । यसका लागि प्रतिष्ठित पुल्चोक क्याम्पससँग हाम्रो सहकार्य थप प्रगाढ बनाउन पाएकोमा हामी हर्षित छौं । हामी एक्काइसौ शताब्दीका प्राविधिकलाई सहयोग गर्न र उनीहरुसंग सहकार्य गर्न चाहन्छौं,” एनसेलका वित्तीय प्रमुख कनिश्क गयान विक्रमाले भने ।
एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत प्राविधिक शिक्षा क्षेत्रमा सहयोग पुर्याउदै दक्ष जनशक्तिको विकासका लागि योगदान पुर्याउन ५ वर्ष (२०७१–२०७५) का लागि ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा २०७१ मा उक्त छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार स्थापना गरेको थियो । 
पाँच वर्षको अवधिमा ६० जना विद्यार्थीहरुले एनसेल छात्रवृत्ति पाएका छन् भने २० जना विद्यार्थीहरु एनसेल उत्कृष्टता सम्मानबाट सम्मानित भएका छन् । यस अवधिमा एनसेलले ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् र कम्प्युटर ईन्जिनियरिङ्ग संकायमा अध्यनरत विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान वापत रु ८० लाख प्रदान गरेको थियो । 
“यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम अन्तर्गत हामीले उत्कृष्ट र योग्य विद्यार्थीहरुलाई उनीहरुलाई प्रतिभाको कदर गर्दै छात्रवृति र सम्मान प्रदान गर्यौं । थप पाँच वर्षका लागि यो कार्यक्रमलाई निरन्तरता दिनु भएकोमा हामी एनसेल प्रति आभार व्यक्त गर्दछौं,” डिन सापकोटाले भने । “थप दुई संकाय सिभील र मेकानिकल पनि यस कार्यक्रममा समावेश गरिएको छन् । यसले थप प्रतिभालाई सम्मान र प्रेरणा प्रदान गर्नेछ ।

एनसेल छात्रवृत्ति विभिन्न पाँच संकायमा स्नातक तहको प्रथम, द्घितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्घितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले पाउने छन् भने पाँचवटै संकायका छात्रामध्येबाट उत्कृष्ट नतिजा ल्याएका मध्यबाट एक जना छात्राले यो छात्रवृति पाउने छन् ।
यसैगरी उत्कृष्टता सम्मान अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल ईन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका १–१ जना र यी पाँचै संकायका छात्राहरु मध्यबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मानको पाउने छन् ।
एनसेलले सन् २०१० देखि नै शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकता दिंदै विभिन्न व्यावसायीक सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु संचालन गर्दै आएको छ । यस अन्र्तगत राम्रो नतिजाका साथ एसएलसी उतीर्ण गरेका तर कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा हासिल गर्न कठिनाई भोगेका कर्णाली अञ्चलका सम्पूर्ण जिल्ला र अन्य जिल्लाका समेत गरेर १४ जना छात्राहरुलाई ११ देखि स्नातक तहसम्म अध्ययनका लागि पाँच वर्षको छात्रवृत्ति प्रदान गरेको थियो ।
त्यसैगरी, डिजिटल शिक्षामा योगदान पुर्याउन कम्पनीले १६ वटा विद्यालयहरुमा डिजिटल पुस्तकालय निर्माण गरेको छ । साथै ४४ वटा सामुदायिक विद्यालयहरुमा कक्षाकोठा, शौचालय, खानेपानी सुविधा, शैक्षिक तथा खेलकुद सामग्री लगायताका लागि सहयोग प्रदान गरेको छ । एनसेलले आजको दिनसम्म शिक्षा क्षेत्रमा रु १० करोड भन्दा बढी लगानी गरेको छ जसबाट २५००० भन्दा बढी विद्यार्थीहरुले प्रत्यक्ष लाभ प्राप्त गरेका छन् ।
आफ्नो सामाजिक व्यावसायीक उत्तरदायित्व अन्र्तगत एनसेलले युवाहरुमा रहेको डिजिटल प्रतिभाको प्रवद्र्घनका लागि सहयोग प्रदान गर्नुका साथै नेपाली कला, साहित्य, संगीत, फुटबल, क्रिकेट प्रबद्र्धन लगायतका क्षेत्रमा पनि योगदान पुर्याएको छ । कम्पनीले विभिन्न सामाजिक व्यावसायीक उत्तरदायित्व पहल अन्तर्गत स्वास्थ्य तथा वातावरण संरक्षणमा पनि योगदान पुर्याएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC