site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 सीके राउत नेतृत्वको जनमत पार्टी निर्वाचन आयोगमा दर्ता
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । विखण्डनवादी समूहको नेतृत्व गर्दै मुलधारको राजनीतिमा प्रवेश गरेका डा. सीके राउतको पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । राउतले नेतृत्व गरेको जनमत पार्टीलाई आयोगले सोमबार दलको मान्यता दिएको हो । 

उनले सामाजिक सञ्जाल फेसबुकमा आफूले नेतृत्व सम्हालेको पार्टीले आधिकारिक रुपमा नयाँ राजनीतिक दलको मान्यता पाएको उल्लेख गरेका छन् । ‘‘निर्वाचन आयोगको बैठक संख्या ६, मिति २०७६-०२-०६ को निर्णयानुसार डा. सीके राउत नेतृत्वको ‘जनमत पार्टी’ नयाँ राजनैतिक दल दर्ता भएको छ । सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय समेत गरिएको छ’’राउतले सामाजिक सञ्जालमा लेखेका छन् । 

गत फागुन २४ गते राष्ट्रियसभा गृहमा आयोजित एक समारोहमा सरकारसँग राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धन नामक संगठनले ११ बुँदे सम्झौता गरेर पृथकतावादी आन्दोलन परित्याग गरेको थियो । त्यसको केही दिनपछि राउतले जनमत पार्टी गठन गरेर मुलधारको राजनीतिमा आएको घोषणा गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC