site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अकस्मात ल्याइयो दुई जनाले हेल्मेट लगाउने नियम, उपत्यकामा मात्र पाँच अर्बको व्यापार !
Sarbottam CementSarbottam Cement

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार मोटरसाइकल र स्कुटरमा सवार दुई जनाले नै हेल्मेट लगाउनु पर्ने नियम लागु गरिने बताएको थियो ।

महाशाखामा आइतबार पत्रकार सम्मेलन गर्दै मोटरसाइकल र स्कुटरमा सवार दुई जनाले नै हेल्मेट लगाउनु पर्ने नियम लागु गरिने महाशाखा प्रमुख तथा एसएसपी बसन्तकुमार पन्तले बताएका थिए ।

सवारी तथा यातायात व्यवस्था ऐन ०४९ को दफा १३० को उपदफा २ को कानुनी आधारमा टेकेर महाशाखाले यस्तो नियम ल्याउन लागेको हो । यसैबीच यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीले यो नियम आकास्मात लागु गरेको बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“ऐनको १३० दफामा यो व्यवस्था छ । तर ट्राफिक प्रहरीले अकास्मात यो नियम लागु गर्ने बताएको छ । मोटरसाइकल र स्कुटरमा सवार दुई जनाले नै अनिवार्य हेल्मेट प्रयोग गर्ने नियमलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा हामी प्रहरीसँग छलफल गर्छौं,” विभागका महानिर्देशक कुमारप्रसाद दहालले बाह्रखरीसँग भने ।

यो नियम असारदेखि लागु गर्ने महाशाखाले आइतबार बताएको हो । सोमबार सूचना जारी गर्दै ट्राफिक प्रहरी महाशाखाले ‘दुर्व जनाले हेल्मेट लगाउने नियम तत्कालै लागु नगरिने’ बताएको छ ।

Global Ime bank

महाशाखाले गुणस्तर तथा नापतौल विभागले तोकेको गुणस्तर र आइएसओ प्रमाणित हेल्मेट मात्र प्रयोग गर्ने बताएको हो । यसका लागि ट्राफिक प्रहरी महाशाखाले आन्तरिक तयारी सुरु गरेको छ ।

Image may contain: text

“दुईपाङ्ग्रेमा सवार दुवै जनाले हेल्मेट लगाउने व्यवस्था ऐनको १३० दफामै छ । जसलाई संशोधनको आवश्यकता छैन । तर प्रहरीले एकै पटक यो नियम लागु हुने बताउँदा सर्वसाधारणमा केही भ्रम परेको हुनसक्छ,” विभागका महानिर्देशक दहालले बताए ।

यसैबीच सर्वसाधारण र चालकहरुले दुइपाङ्ग्रे सवारीमा दुवै जनाले हेल्मेट प्रयोग गर्नु कत्तिको व्यवहारिक हुन्छ भन्ने तर्क चलिरहेको छ । ट्राफिक तथा यातायात इन्जिनियर मोटरसाइकल र स्कुटीको पछाडि बस्नेले पनि हेल्मेट लगाउनु पर्ने नियम कार्यान्वयनमा केही समस्या देखिनसक्ने बताउँछन् ।

“नेपालको सन्दर्भमा दुवै जनाले हेल्मेट लगाउने नियम कार्यान्वयनमा केही समय अफ्ट्यारो देखिए पनि सडक सुरक्षाका हिसाबले यो नियम एकदमै सकारात्मक छ । अमेरिकालगायत विकसित मुलुकमा पनि मोटरसाइकलमा सवार दुवै जनाले हेल्मेट अनिवार्य लगाउनुपर्ने नियम छ,” इन्जिनियर गजुरेलले भने ।

उपत्यकामा मात्रै पाँच अर्बको व्यापार !

यातायात व्यवस्था विभागका अनुसार साविक बाग्मती अञ्चलमा मात्रै करिब ११ लाख मोटरसाइकल र स्कुटर दर्ता भएका छन् । जसमध्ये करिब १० लाख मोटरसाइकल उपत्यकाका छिमेकी जिल्लासहित काठमाडौंमा सञ्चालनमा रहेको महाशाखाको तथ्यांकले देखाएको छ । 

ट्राफिक प्रहरीले यो नियम लागु गरेसँगै उपत्यकामा थप नयाँ करिब १० लाख नयाँ हेल्मेटको माग रहने देखिन्छ । यसरी प्रयोग हुने हेल्मेट सर्वसाधारणले आफूले चाहेको पसलबाट किन्न पाउने छैनन् । 

नापतौल तथा गुणस्तर विभागले तोकेका निश्चित पसलबाट मात्र ती हेल्मेटहरु खरिद गरेर प्रयोग गर्न सकिने छ । अहिलेको बजार मूल्यअनुसार उपत्यकामा एउटा सामान्य हेल्मेटको दाम तीन हजार देखि पाँच हजार रुपैयाँसम्म पर्ने गर्छ । 

हेल्मेटका थप दश लाख थप प्रयोगकर्ताले यी संख्याका हेल्मेट किन्दा तीन देखि पाँच अर्बसम्मको हेल्मेटको व्यापार हुने देखिन्छ । “मोटरसाइकल चालक र पछाडि बस्ने दुबैको जिउधनको सुरक्षाका लागि यो नियम लागु गरिने भएको हो । यसका लागि विभागले मापदण्ड तोकेको आइएसओ प्रमाणित हेल्मेट प्रयोग गर्नुपर्ने छ,” महाशाखाका प्रमुख बसन्तकुमार पन्तले भने, “हाल उपत्यकामा भएका सडक दुर्घटनामध्ये ९६ प्रतिशत दुर्घटनामा मोटरसाइकल र स्कुटर पर्ने गरेका छन् । तीमध्ये पछाडि बस्नेको मृत्युको संख्या धेरै देखिएको छ । यसैको रोकथामका लागि यो नियम लागु गरिँदै छ ।”

सुरुको चरणमा काठमाडौं उपत्यका र त्यसको कार्यान्वयनको केही समयपछि देशैभर यो नियम लागु हुनसक्ने ट्राफिक प्रहरी महाशाखा बताउँछ । महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन, ०४९ मा टेकेर यो व्यवस्था लागु गरेको बताएको छ ।

संघीय सरकारको यातायात व्यवस्था विभागको अधिनमा रहेको उक्त ऐनको सबै दफा र उपदफा आवश्यकताअनुसार देशभर कार्यान्वयन गराउन सक्ने अधिकार विभागलाई छ ।

फाइल तस्बिर
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC