काठमाडौं । मलेसिया र चाइनिज ताइपेइसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली घोषणा भएको छ । प्रशिक्षक जोहान कालिनले आगामी महिना हुने दुई मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
उनले घोषणा गरेको टोलीमा युवा खेलाडीको बाहुल्यता छ । युवा खेलाडी अभिषेक रिजालले राष्ट्रिय टोलीमा स्थान बनाउँदा बिमल रानामगर र भरत खवास टोलीमा अटाएनन् । २३ सदस्यीयको टोलीको गोलकिपरमा किरण चेम्जोङ, एलन न्यौपाने र विकेश कुथु छन् । डिफेन्डरमा बिराज महर्जन, सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, अन्नत तामाङ, अजित भण्डारी, देबेन्द्र तामाङ, रबि सिलवाल छन् ।
मिडफिल्डमा सुनिल बल, रबि पासवान, सुजल श्रेष्ठ, बिशाल राई, रोहित चन्द, बिक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, बिमल राना, नवयुग श्रेष्ठ, अबिशेष रिजाल र तेज तामाङ छन् ।
नेपालले जुन २ मा क्वालालम्पुरमा मलेसियासँग मैत्रीपूर्ण खेल खेल्नेछ । यस्तै जुन ६ मा चाइनिज ताइपेइसँग अर्को मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्नेछ । दुइ मैत्रीपूर्ण खेल फिफा विश्वकप छनोटको तयारी रहेको प्रशिक्षक कालिनले बताएका छन् ।