site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
संगीत तथा रोयल्टी संकलन समाजमा आर्थिक अनियमितताको खैलाबैला 
Sarbottam CementSarbottam Cement

काठमाडौं । संगीत तथा रोयल्टी संकलन समाजमा आर्थिक अनियमितताको प्रश्न उठेको छ । गीत–संगीतबाट उठेको रोयल्टीमा अनियमितता भएको भन्दै प्रश्न उठेको हो । 

आइतबार काठमाडौंमा बोलाइएको समाजको विशेष साधारणसभामा समाजकै पूर्व पदाधिकारीहरुले रोयल्टीबापत संकलन भएको रकम हिनामिना भएको भन्दै त्यसको जवाफ माग गरेका थिए । सुरेश अधिकारी अध्यक्ष भएका बेला आर्थिक वर्ष ०७४–०७५ मा उठेको रकममा २३ लाख रुपैयाँ हिनामिना भएको भन्दै प्रश्न उठेको हो । एक करोड १४ लाख रुपैयाँ रोयल्टी संकलन भएकोमा ९१ लाख रुपैयाँमात्रै देखिएको भन्दै बाँकी रकमबारे समाजका पूर्व पदाधिकारी तथा सदस्यहरुले प्रश्न उठाएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

यता, समाजका कोषाध्यक्ष लोकराज अधिकारीले भने २३ लाखमा १० लाख रुपैयाँ पेस्कीमा र बाँकी १३ लाख रुपैयाँ भौतिक पूर्वाधारका सामग्री खरिदमा खर्च भएको दाबी गरेका छन् । “२३ लाख रुपैयाँका बारेमा प्रश्न उठेपछि हामीले गीतकार संघका अध्यक्ष चूडामणि देवकोटाको अध्यक्षतामा तीन सदस्यीय समिति बनाएका थियौं । पछि दुई जना चार्टर्ड एकाउन्टेन्टसमेत थप गरी ५ जना सदस्य रहेको उक्त समितिले बुझाएको प्रतिवेदनले पनि २३ लाख रुपैयाँ पेस्की र भौतिक पूर्वाधार सामग्री खरिदमा खर्च भएको प्रतिवेदन दिएको छ,” कोषाध्यक्ष अधिकारीले बाह्रखरीसँग भने, “केही साथीहरुले चुनावी फन्डा बनाउनु भएको मात्रै हो । प्रतिवेदनमा २३ लाखको विवरण आइसकेको छ ।”

समाजका संस्थापक अध्यक्ष यादव खरेलले एउटै अकाउन्ट रहेको, रोयल्टीको रकम निकालेर खर्च गर्ने गरेको, रकमान्तर गर्दा स्वीकृति लिने नगरेको भन्दै संगीतकर्मीबाटै अनियमितता भइरहेको गुनासो आइरहेको भन्दै सिस्टम बसाउनुपर्नेमा जोड दिए । 

Global Ime bank

समाजका पूर्व अध्यक्ष राजेन्द्र थापाले पनि आर्थिक पारदर्शिता नहुँदा समस्या देखिएको भन्दै आर्थिक हिनामिना गर्ने व्यक्ति जेल गएको स्मरण गराए । “उठेको २५ प्रतिशतले कार्यालय चलाउने हो । त्यो पनि योजनामा कार्यक्रम स्वीकृत भएपछि मात्रै । न योजना छ, न कार्यक्रम स्वीकृत छ । सात लाख रुपैयाँको साधारण सभाको भात खाएको खर्च देखाइएको छ,” गीतकार समेत रहेका थापाले भने, “सात वर्षदेखि एउटै अडिटर राखेर हिसाबकिताब निकालेको छ । समितिको प्रतिवेदनमा योजना र कार्यक्रम बिना मनलाग्दी खर्च गरेको देखिएको छ ।”

समाजकै काम विशेषले कहिँ जाँदा आतेजाते टिकट र होटलमा बसेको खर्च बिलअनुसार भुक्तान गर्ने नियम भए पनि हचुवाका भरमा पैसा निकालेर खर्च गरेको समितिको प्रतिवेदनमा रहेको थापाले बाह्रखरीलाई जानकारी दिए । “जुनसुकै शीर्षकमा पैसा खर्च गरेको देखिन्छ,” थापा प्रश्न गर्छन्, “राष्ट्र बैंकको गभर्नरले राष्ट्र बैंकको पैसा उसले आफ्नै हो भनेर मनलाग्दी खर्च गर्न पाउँछ र ? यो त यस्तै भयो त ।”  

विशेष साधारणसभाले आर्थिक वर्ष ०७४–०७५मा भएको आर्थिक गतिविविधिको छानविन गरी दोषिलाई कारबाही गर्न रजिष्टारको कार्यालयलाई चिठ्ठी पठाउने, यातायात रोयल्टीबाट संकलन भएको रोयल्टीको २० प्रतिशत रोयल्टी रकम अग्रज श्रष्टालाई योगदानका आधारमा वितरण गर्ने मापदण्ड बनाउने र वर्तमान कार्यसमितिको आर्थिक गतिविधि नियमनका लागि गीतकार संघका अध्यक्ष चूडामणि देवकोटा संयोजक रहनेगरी संगीतकार संघका अध्यक्ष शान्तिराम राई र संगीतकार लक्ष्मण शेष सदस्य रहेको समिति गठन गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC