site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आर्थिक अपराधमा संलग्‍न तस्कर र भष्टाचारीलाई निस्तेज पारौं : गृहमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अर्थतन्त्रको रक्षा र विकास गर्न आर्थिक अपराधमा संलग्न तस्कर र भ्रष्टाचारीलाई नियन्त्रण एवम् निस्तेज पार्न जरुरी रहेको बताएका छन् । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्‍जमा आयोजित प्रथम समूहको रणनीतिक तथा नेतृत्व विकास तालिमको समापनमा गृहमन्त्री थापाले यस्तो बताएका हुन । थापाले  सरकारले राज्य व्यवस्थालाई उल्टाउन सक्रिय रहेका तत्वलाई समेत निस्तेज र नियन्त्रण गर्ने सरकारको नीति रहेको स्पष्ट पारे । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक र उपअनुसन्धान निर्देशकहरुको लागि उक्त तालिम सञ्‍चालन भएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सवै सुरक्षा निकायले निर्वाह गर्नुपर्ने आआफ्नो भूमिका अक्षरस पालना गरी फिल्डमा उतार्न प्रहरी संगठन सदैव प्रतिबद्ध रहेको बताए ।

मुलुकमा सीमावर्ती अपराध, प्रविधिको दुरुपयोगबाट सिर्जित अपराध एवम् राष्ट्रिय सुरक्षाको बिषयमा बिभिन्न चुनौतीहरुको सामना गर्न सवै सुरक्षा संयन्त्रले एकिकृत रुपमा समन्वय गर्दै कार्ययोजना निर्माण गर्न आवश्यक रहेको खनालले जोड दिए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १४:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC