site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संसदको शून्य समयमा सरकारको ध्यानाकर्षण
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सांसदहरुले विभिन्न सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले क्षेत्रगत र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद अतहर कमाल मुसलमानले महिला नर्सहरुको आन्दोलनमा प्रहरी दमन भएको भन्दै अमानविय कार्य बन्द गर्न सरकारको ध्यानाकर्षण गराए । उनले आन्दोलनकारी नर्सहरुको माग सम्बोधन गर्न पनि माग गरे । 
सांसद अनिल कुमार झाले अस्थायी र राहत कोटाका शिक्षकको माग  अबिलम्ब सम्बोधन गर्न माग गरे । 
सांसद अमरेश कुमार झाले सर्लाहीका चिनी मिलले उखु किसानलाई अहिलेसम्म भुक्तानी नदिएको भन्दै तुरुन्तै उखु किसानको भुक्तानीको व्यवस्था मिलाउन माग गरे । 
सांसद आशा कुमारी विकले सेती लोकमार्गको उत्तर खण्ड, चैनपुर–ताक्लाकोट अन्तर्गतको चैनपुर रुवातोलाखण्डको निर्माण कार्य सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । 
सांसद एकवाल मियाँले मुलुकका अन्य स्थानमा जस्तै सर्लाही जिल्लामा पनि उखु मिलले किसानलाई भुक्तानी नदिएको र भुक्तानीको माग गर्दे जिल्लामा आन्दोलन भएकाले उखु किसानलाई भुक्तानी गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद खगराज अधिकारीले कालिगण्डकी डाईभर्सनको अध्ययनबारे सदनलाई स्पष्ट पार्न माग गरे । उनले प्रश्न गरे, “कालिगण्डकी डाईभर्सनले पवित्र धाम देवघाट, केलादीघाट र सबै धामहरुको के अवस्था हुन्छ ? चापाकोट, रामपुर कुडीटार लगायतका टारहरु र फाँटहरुको सिंचाईमा के अवस्था हुन्छ ? ९५ प्रतिशत सम्म भाग ओगटेको गण्डकी प्रदेशले कालिगण्डकी डाईभर्सन गर्दा त्यसको सहमति लिनुपर्ने हो कि होइन ? यसबाट लाभान्वित हुने प्रदेश संग पनि यसको सहमति लिनु पर्ने हो कि होइन ? यस्तो गम्भीर विषयमा अध्ययन गर्ने भनेर सरकारले नीति कार्यक्रम राखेको छ । सम्बन्धित प्रदेशलाई समेत ध्यान दिएर यसको जवाफ तुरुन्तै आउनेछ भन्ने मैले अपेक्षा गरेको छु ।”
सांसद गजेन्द्र बहादुर महतले जुम्लाको गुठीचौर गाउँपालिकाभित्रको ३ लाख वर्ग मिटर जग्गा आफ्नो नाममा पास गर्ने तात्कालिन मालपोत कार्यालयका हाकिम गोविन्द न्यौपानेले मुद्दा लम्ब्याउन चलखेल गरेको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराए । 
सांसद घनश्याम खतिवडाले बाली लगाउने समयमा मल अभाव भएको र वास्तविक किसानले अनुदान पाउन नसकेको भन्दै किसानको जीवनस्तर उठाउने कार्यक्रम बनाउन र मलको आपूर्ति सहज बनाई किसानलाई अनुदान समयमै पुर्याउन कृषिमन्त्रीको ध्यानाकर्षण गराए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC