site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय जनता पार्टीले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा राजपाका सांसद चन्दा चौधरीले मधेस आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी हुन् । 

आफूहरुले लामो समयदेखि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको र सदनबाट रुलिङ भइसक्दा पनि सरकारले रुलिङ नमानेको तर्फ उनले सभामुखको ध्यानाकर्षण गराइन् । सभामुख कृष्णबहादुर महराले सोमबारको बैठक सुरु भएको जानकारी गराउनेबित्तिकै राजपाका सांसदहरु उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुखले सांसद चौधरीलाई बोल्न समय दिएका थिए । 

सभामुख महराले राजपाले उठाउँदै आएको लाल आयोगको प्रतिवेदन सार्वजनिक सम्बन्धमा सरकारको ध्यानाकर्षण भएको र केही सयमपछि उचित जवाफ दिने आश्वासन दिएपछि राजपाका सांसदहरुले आसन ग्रहण गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC