site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मिडिया काउन्सिल विधेयकबारे पार्टीभित्र छलफल भएको छैन: नेपाल
Ghorahi CementGhorahi Cement

दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा केन्द्रीय सचिवालय सदस्य माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक ल्याउनुअघि पार्टीमा छलफल नभएको बताएका छन् । प्रेस सङ्गठन दाङले सोमबारर घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा नेपालले अहिले विधेयक आएपछि पनि पार्टीमा कुनै छलफल नभएको बताए ।

पार्टीमा छलफल गर्ने वातावरण नहुँदा नै धेरै विरोध खेप्नुपरेको उनको भनाइ छ । “महत्वपूर्ण निर्णयहरु गर्दा पार्टीमा छलफल हुनुपर्छ तर, अहिले कुनै पनि विषयमा निर्णय लिँदा पार्टीमा छलफल गर्ने गरिएको छैन,” नेपालले भने । उनले हाल उत्पन्न समस्या र सरकारको कामको बारेमा समेत पार्टीभित्र कुनै छलफल नभएको स्पष्ट पारे । सरकारले महत्वपूर्ण निर्णय गर्दा पार्टीमा छलफल गर्नुपर्ने आफूहरुले पटक–पटक कुरा उठाएपनि त्यसलाई बेवास्ता गर्ने गरिएको भन्दै उनले असन्तुष्टि पोखे ।

Agni Group

पछिल्लो समय पहिलो हुने नाममा समाचार सत्य र तथ्यमा भन्दापनि अनुमानको भरमा लेखिने हुँदा पत्रकारिताप्रति आम मानिसको विश्वसनियता कम हुँदै गएको उनको कथन थियो । “मनपरी गर्ने छुट त कसैलाई पनि दिनु हुन्न । अलिकति मिडिायलाई अनुशासित भने बनाउन आवश्यक छ,” उनले भने । 

नेता नेपालले बालुवाटार जग्गा खरिदबिक्री प्रकरणमा दोषी ठहर भए नेकपाका महासचिव विष्णु पौडेललगाएत सबैलाई कारवाही हुनुपर्ने बताए । सरकारले सबै ठीक भएको छ भन्ने र प्रतिपक्षले सबै बेठिक भइरहेको छ भन्ने दुवै दृष्टिकोण आफूलाई चित्त नबुझेको उनले बताए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC