खेल
गुवाहाटी । भारतमा गुवाहाटीमा आजदेखि सञ्चालन हुने दोस्रो संस्करणको इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा पहिलो दिन नेपालले तीन विधामा प्रतिस्पर्धा गर्ने भएको छ । सोमबार हुने खेलहरुमा नेपालकी चन्द्रकला थापाले भारतकी ‘सी’ की सोनिया लेतरसँग ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने भएकी छन् । त्यस्तै ६० केजी तौल समूहकी संगीता सुनारले भारतकी ‘एपm’की प्रिति बेनिवालसँग प्रतिस्पर्धा गर्ने छन् ।
पुरुषतर्फ ५६ केजी तौल समूहमा नेपालका सुरेन्द्र राईले थाइल्याण्डका चितिचाई डेचुसँग प्रतिस्पर्धा गर्ने छन् । सबै खेलहरु नेपाली समय अनुशार बेलुकी ५ः१५ बाट नविन चन्द्र बोर्डलाई इन्डोर स्टेडियममा सुरु हुनेछन् ।
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६ ०८:२८
प्रतिक्रिया दिनुहोस्