site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जलवायु परिवर्तनविरुद्ध बेलायती सहरमा १ लाख बढी रुख रोपिँदै 
Sarbottam CementSarbottam Cement

एजेन्सी । जलवायु परिवर्तनको सामना गर्न बेलायतभरका सबै नगर तथा शहरमा १ लाख तीस हजार रुखहरु रोपिने सरकारले जनाएको छ । यसका लागि आगामी दुई वर्षमा अर्बन ट्री च्यालेन्ज फन्ड मार्फत १ करोड पाउन्ड उपलब्ध गराइने बताइएको छ । 

यसरी वन निकायले सञ्चालन गर्ने भनिएको यो अभियान व्यक्तिगत, स्थानीय निकाय, च्यारिटी लगायत गैरसरकारी संस्थाहरुका लागि समेत सहभागीता जनाउन खुला रहेको बताइएको छ । यसरी पहिलो तीन वर्ष निकायको रेखदेखमा सो रकम एक लाखबढी रुख रोप्नका लागि प्रयोग गरिने बताइएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

वातावरण सचिव माइकेल गोभले भनेका छन्, “जलवायु परिवर्तन विरुद्धको लडाईँमा रुखहरुको धेरै ठूलो भूमिका रहने गरेको छ । त्यसकारण हामीले छोटो समयमा वृक्षरोपणको दर वृद्धि गर्नुपर्छ ।”

यसरी रुखले कार्बन स्टोर गर्ने हुनाले पनि वृक्षरोपण मार्फत जलवायु परिवर्तनबाट हुने क्षति सिमित गर्न सकिने बताइएको छ । यसका साथै शहरी क्षेत्रमा रुखबिरुवाले स्वास्थ्यमा सुधार ल्याउन, मानिसहरुलाई बाहिर निस्कन प्रोत्साहन गर्न, आवाज सोस्न, बाढीको जोखिम कम गर्न, छाँया दिन र हरियालीमय वातावरण सिर्जना गर्न मद्दत गर्ने हुँदा यसका अतिरिक्त फाइदाहरु पनि अनगिन्ती हुने बताइएको छ ।  

Global Ime bank

वन निकायका प्रमुख सर ह्यारी स्टडहोल्म भन्छन्, “यसले हामीलाई मान्छे बस्ने र कामगर्ने ठाउँ नजिकै धेरै रुख बिरुवा रोप्ने अवसर दिलाएको हुँदा यो अभियानले धेरै फरक पार्नेछ । त्यसैले आउँदो शरद ऋतुमा धेरै भन्दा धेरै रुखहरु रोपिने हाम्रो अपेक्षा छ ।”

यसरी नयाँ रुखहरु शहरहरुमा मात्र रोपिने बताइएको छ जसले शहरलाई पनि प्रकृतिको आनन्द उठाउने उपयुक्त स्थान बनाइदिने भनिएको हो । यसरी अघिल्लो वर्ष सर विलियमले रुखबिरुवाहरुका एकदम धेरै फाइदा भएको हुँदा तिनीहरु ग्रामीण क्षेत्रमा मात्र नभएर नगर र शहरमा पनि प्रशस्त रहेको सुनिश्चित गरिनुपर्ने बताएका थिए । इन्डिपेन्डेन्ट 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  ०७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC