site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
गुगलद्वारा हुवावेलाई एन्ड्रोइड अपरेटिङ्ग सिस्टममा रोक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

वाशिङटन । गुगलले चीनको टेलिकम्पनी हुवावेलाई एन्ड्रोइड अपरेटिङ सिस्टमबाट रोक लगाएको छ । नयाँ हुवावे स्मार्टफोनको पनि गुगल एपमा अब पहुँच हुने छैन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी फर्मले लाइसेन्स नलिइकन चीनको कम्पनी हुवावेसँग व्यवहार गर्न नसक्ने नीति ल्याएपछि गुगलले पछिल्लो निर्णय गरेको हो । 

गुगलले आफ्नो वक्तव्यमा सो आदेशलाई ध्यान दिएर नीति पुनरवलोकन गरिएको जनाएको छ । यसबारेमा हुवावेले भने कुनै प्रतिक्रिया दिएको छैन ।  गुगलको पछिल्लो कदमको अर्थ हुवावेले सुरक्षा अपडेट र प्राविधिक सहयोग गुगलबाट पाउने छैन । नयाँ डिभाइसमा अब देखि यु ट्युव र म्याप्स जस्ता एप्स पनि हुने छैनन् । हुवावेले ओपन सोर्स लाइसेन्समार्फत एन्ड्रोइड अपरेटिङ्ग सिस्टमको भर्सन प्रयोग गर्न भने सक्नेछ ।

गएको बुधबार ट्रम्प प्रशासनले लाइसेन्सबिना अमेरिकी प्रविधिको हस्तान्तरण वा बिक्रीमा रोक लगाउने निर्णय गरेको थियो । त्यस्तै चीनको कम्पनी हुवावेलाई ‘इन्टिटी लिस्ट’मा राखेको घोषणा गरेको थियो । पछिल्लो अवस्थाले गर्दा हुवावेको लागि पश्चिमा देशको व्यापार भने अब चौपट हुने अवस्था उत्पन्न भएको छ । (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  ०७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC