site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकी शहरमा बेघरहरुको सङ्ख्या १७ वर्षकै उच्च
Sarbottam CementSarbottam Cement

एजेन्सी । क्यालिफोर्नियाको उत्तरतर्फ रहेको स्यानफ्र्यानसिस्को शहरमा पछिल्लो समय ‘होमलेस’ अर्थात बेघर मानिसहरुको जनसङ्ख्यामा १७ प्रतिशत वृद्धि भएको देखिएको छ । यसअघि ‘ग्लोबल होमलेसनेस स्ट्याटिस्टिक्स’ ले तयार पारेको रिपोर्टमा पनि अमेरिकाको क्यालिफोर्नियामा सबैभन्दा धेरै घरबिहिनहरु (एक लाख तीस हजार भन्दा धेरै) रहेको उल्लेख गरिएको थियो । २०१७ को आधिकारिक रिपोर्ट अनुसार अमेरिकाभर ५ लाख ५४ हजार मानिसको स्थायी घर छैन जुन कुल जनसङ्ख्याको ०.१७ प्रतिशत हुन्छ ।

यस्तोमा स्यानफ्र्यान सिस्कोमा रेकर्ड गरिएको सो तथ्याङ्क पछिल्लो १७ वर्षकै उच्च रहेको बताइएको हो । वास्तवमा प्राविधिक उद्योगको सफलतासँगै शहरका समृद्धहरु झन बढी सम्पन्न बन्दै गएपछि धनी र गरिबबीच ठूलो अन्तर देखा पर्न सुरु भएको बताइएको छ । जसपछि त्यहाँ हाउजिङ र बस्नेखाने लागत् पहिलेको तुलनामा अत्याधिक वृद्धि हुन पुगेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

होमलेसहरुको समर्थनमा रहेको मानव अधिकार संघकी अधिकारी केली कट्लर भन्छिन्, “कोठा र घर शुल्क वर्षौँदेखि कम भएको छैन र लगातार बढेको बढ्यै मात्र छ । यस्तोमा हामीले कसरी घरबिहिन मानिसहरु कम हुने अपेक्षा गर्न सक्छौँ ?” गत बिहीबार मात्र शहरले सडकमा ८ हजार भन्दा धेरै बेघर मानिसहरुको सङ्ख्या रहेको बताउँदै ‘वान नाइट स्ट्रिट क्राउन्ट’ को प्रारम्भिक जानकारी व्याख्या गरेको हो । मेयरको कार्यालय अनुसार ती मध्ये ६८ प्रतिशत गाडीमा बस्ने मानिसहरु रहेका छन् । 

स्यानफ्र्यान सिस्कोले अमेरिकी हाउजिङ एवम् शहर विकास विभागको आवश्यकता अनुसार प्रत्येक दुई वर्षमा बेघरहरुको गणना गर्ने गरेको छ । तर सो गन्ती अनुमान गरिए भन्दा थोरै भएको बताइएको छ । अघिल्लो पटक पनि यसरी नै एकरातमा गरिएको गन्तीमा ६,८५८ घरबिहिनहरु फेला पारिएको थियो तर पछि अर्को तथ्याङ्कमा सो सङ्ख्या ७,४९९ रहेको पाइएको हो । 

Global Ime bank

तर अर्कोतर्फ यस वर्ष लामो समयदेखिका बेघरहरुको सङ्ख्या भने १४ प्रतिशतले घटेको बताइएको छ र साथै यसमा युवाहरु पनि १० प्रतिशतले कम भएको बताइएको हो । यस्तोमा सो नतिजाले घरबिहिनहरुलाई बस्ने ठाउँ दिलाउन थप प्रयास आवश्यक रहेको निष्कर्ष निकालेको शहरका मेयर लन्डन ब्रिडले एक बयानमार्फत बताएका हुन् । यसरी पुराना बेघरहरु र युवाको सङ्ख्या कम गर्न सफल हुनुले प्रभावकारी ढङ्गमा प्रयास गरे फरक ल्याउन सकिने पुष्टि भएको उनले बताए ।  द गार्जियनबाट

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  ०६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC