site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालमा पक्राउ परेका व्यक्ति छुटाउन भारतमा गुहार
Sarbottam CementSarbottam Cement

काठमाडौं । एक साताअघि काठमाडौंको याक एण्ड यति होटलमा पक्राउ परेका भारतीय नागरिकका आफन्तले उनीहरुलाई छुटाउन भारतको विदेश मन्त्रालयलाई गुहारेको समाचार आइतबारको हिन्दुस्तान टाइम्सले प्रकाशित गरेको छ ।  पक्राउ परेकाहरु भारतको लखनउ, वाराणसी, प्रयागराज, सोनभद्रालगायतका क्षेत्रका भएको समाचारमा उल्लेख छ । उनीहरु लखनउ र अलाहबादमा रहेका निजी रियल स्टेट कम्पनीमा आवद्ध रहेको जनाइएको छ ।   

‘‘हामीले विस्तृत रुपमा मन्त्रालयलाई लेखेका छौं । यस्तै संघीय विदेशमन्त्री सुष्मा स्वराजलाई पनि भनेका छौं । हामीले हाम्रा मानिसहरु फिर्ता ल्याउनका लागि मन्त्रालयको हस्तक्षेप चाहेका छौं,” पक्राउ परेका गजेन्द्र सिंहका दाजु देवेन्द्र सिंहले भने ।  नेपाल प्रहरीको हिरासतमा रहेका अन्यमा एके सिंह, कसिफ सकिल, मोहम्मद सर्जिल, रमेश राम, सुनिल उपाध्याय, निरज कुमार मिश्र, अशोक कुमार, आयुष उपाध्याय, गिरिश उपाध्याय र विजनेश ग्रुपका मालिक रशि नसिम रहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

परिवारका सदस्यहरु सोमबार विदेश मन्त्रालयमा जाने तयारीमा रहेको बताइएको छ ।  उनीहरु तीन दिने विजनेश कार्यशालामा भाग लिन जाने क्रममा नेपाल प्रहरीद्वारा पक्राउ परेको जनाइएको छ ।  एक जना नेपालका नागरिक महेन्द्र सिंह सोही कार्यक्रममा रहेको र उनी विरुद्ध परेको उजुरीको आधारमा भारतीयलाई पनि पक्राउ गरिएको देवेन्द्रले बताएका छन् । 

देवेन्द्रले स्थानीय अदालतमा समेत सम्पर्क गरेको जनाएका छन् । महेन्द्र सिंहलाई मात्रै जिम्मेबार मान्नुपर्ने र अरुलाई कारवाही गर्न नमिल्ने उनको दाबी रहेको छ ।  रशिद नसिमका दाजु असिफ नसिमले विदेश मन्त्रालयलाई पठाएको पत्रमा तत्काल हस्तक्षेप गर्न भनिएको छ ।  काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीलाई सम्पर्क गर्दा आफूलाई त्यसबारेमा जानकारी नभएको र आफूले अदालतको आदेश पछ्याउने जनाएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

Global Ime bank

यता नेपाल प्रहरीले नेटवर्किङ ठगीमा पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार वैशाख २७ गते शुक्रबार काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भारतीय नागरिकहरुले गैरकानुनी रुपमा नेटवर्किङ व्यवसाय गरिरहेको र त्यसमा नेपालीहरुको पनि सहभागिता रहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC