site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
उपमेयर कप अन्तरविद्यालय खुल्ला छात्रा भलिबल बुधबारबाट 
Sarbottam CementSarbottam Cement

काठमाडौं । दोस्रो चन्द्रागिरी उपमेयर कप अन्तरविद्यालय स्तरीय खुल्ला छात्रा भलिबल प्रतियोगिता आगामी बुधबारबाट सुरु हुने भएको छ । भलिबल राष्ट्रिय खेल घोषणा भएको दिनलाई भलिबल डे मनाउने लक्ष्यसहित आयोजना हुन लागेको प्रतियोगिता ११ गतेसम्म चल्नेछ । 

आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी चन्द्रागिरी नगर कमिटिले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको छ । १० स्कुलको सहभागिता रहने प्रतियोगिता लिग कम नकआउटका आधारमा हुने अध्यक्ष अष्टकुमार महर्जनले जानकारी दिए । लिग र क्वाटरफाइनलका खेल बेस्ट अफ थ्री र सेमिफाइनल र फाइनल बेस्ट अफ फाइभ आधारमा चल्ने प्राविधिक संयोजक कुमार राईले जानकारी दिए । 
विजेताले ६० हजार नगदसहित शिल्ड मेडल र प्र्रमाणपत्र पुरस्कार पाउनेछन् । दोस्रो हुने टोलीले ३० हजार, तेस्रो हुने टोलीले १५ हजार तथा चौथो हुने टोलीले १० हजार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १ हजार पाँच सय, व्यक्तिगत ५ विधामा उत्कृष्ट हुनेलाई १ हजार पुरस्कार दिइने संयोजक राईले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, प्रतियोगिताको अवसरमा नै भलिबल दिवस मनाउने क्रममा कुनै एक विभागिय टोली र न्यु डायमण्ड एकेडेमीबीच सेलिब्रेसन खेल हुनेछ । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC