काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्बको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।
केन्द्रीय बैंकले दश वर्ष अवधिको विकास ऋणपत्र २०८६ “ग” बोलकबोल प्रक्रियाद्धारा बिक्री गर्ने भएको हो । ऋणपत्र सोमबार हुनेछ भने बोलकबोल आइतबार ३ बजे हुनेछ । ऋणपत्र खरिद गर्न बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठन तथा नेपाली नागरिकले गर्न सक्ने बताइएको छ ।
ऋणपत्र २०८६ जेठ ३ गते परिपक्व हुने राष्ट्र बैंकले जानकारी दिएको छ । प्रतिस्पर्धी र अप्रतिस्पर्धी समूहबिच बिक्री गरिने कुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्कासित रकमको ८० र २० प्रतिशत अर्थात ४८० करोड र १२० करोड छुट्याइएको छ ।
अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिने राष्ट्र बैँकले जानकारी दिएको छ ।