site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘क्रसरोड थकाली भान्सा’ काठमाडौंको कमलादीमा पनि 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पोखरामा खानाका पारखीहरुलाई विशेष स्वाद पस्किन सफल ‘क्रसरोड थकाली भान्सा’ काठमाडौंमा पनि खुलेको छ । काठमाडौंको कमलादीमा आज आइतबारदेखि ‘क्रसरोड थकाली भान्सा’ सञ्चालनमा आएको छ । पोखराको न्यूरोड चिप्लेढुंगाबाट सुरु भएको व्यवसाय विस्तारको क्रममा कमलादीमा खुलेको सञ्चालक वीरेन्द्र शेरचनले जानकारी दिए ।

“अरुले काठमाडौंमा सुरु गरेर मोफसलमा विस्तार गर्छन्, हामी मोफसलबाट विस्तार गर्ने क्रममा काठमाडौं प्रवेश गरेका छौं,” उनले भने । पोखराको न्यूरोड र लेकसाइडमा यसअघि नै व्यवसाय गर्दै आएका शेरचनले काठमाडौंमा ६ जनाको लगानीमा खोलेको जनाए । “हामी अनिल हिराचन, अनिल तुलाचन, राजु ताम्राकार, सविना प्रधान, आक्रोश बज्राचार्य मिलेर सञ्चालनमा ल्याएका हौं,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

पोखरा न्यूरोडमा १० वर्ष, लेकसाइडमा ८ वर्षको अनुभव संगालेर काठमाडौंमा खानाका पारखीहरुको लागि विशिष्ट स्वाद पस्किन तयार रहेको बताए । “काठमाडौंबाट पोखरा जाने अधिकांश ग्राहकले विशिष्ट स्वाद रहेकाले काठमाडौंमा पनि विस्तार गर्न सुझाव दिनुभएको थियो, ग्राहकको त्यही सुझावलाई आत्मसात गर्दै हामीले काठमाडौंमा सेवा सञ्चालनमा ल्याएका हौं,” शेरचनले भने ।

Global Ime bank

मुस्ताङबाट ल्याएको दाल, फापरको पिठो, च्याङग्राको सुकुटी, जिम्मुलगायतका खाना ‘क्रसरोड थकाली भान्सा’ मा प्राप्त हुनेछ । ‘घोकेन’ (फापरको पिठोबाट बनाइने ब्रेडजस्तो परिकार), ‘आलु सुकुटी प्ला’ लगायतका विशेष खानेकुरा यस भान्साका विशेषता रहेका छन् ।
ग्राहककै सुझावअनुसार कन्टिनेन्टल खानाको पनि व्यवस्था गरिएको छ । 

“काठमाडौंमा हामीले धेरै ठाउँमा थकाली भान्सा लेखेको पाइयो, तर त्यहाँ थकाली परिकार पाइएन,” शेरचनले भने, “थकाली स्वादका लागि एकपटक हामीलाई सेवा गर्न मौका दिनुहोस् ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC