site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
शुषमाको ‘घाम’ झुल्कियो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । लघुकथाकार शुषमा मानन्धरको लघुकथा संग्रह ‘घाम’ को लोकार्पण गरिएको छ । आइतबार काठमाडौंमा लघुकथा समाज नेपालद्वारा आयोजित कार्यक्रममा प्राज्ञ तथा कथाकार माया ठकुरी, नाट्यकर्मी अशेष मल्ल, समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमले उक्त कृतिको संयुक्तरुपमा लोकार्पण गरे ।

कार्यक्रमकी प्रमुख अतिथि प्राज्ञ माया ठकुरीले शुषमाका लघुकथामा समाज बोलेको उल्लेख गर्दै संग्रहका कतिपय लघुकथा अत्यन्तै मार्मिक रहेको उल्लेख गरिन् । नाट्यकर्मी अशेष मल्लले आफूहरूले खलिल जिब्रानलाई पढ्दै लघुकथा लेख्न सिकेको बताए । उनले सारिका र धर्मयुग जस्ता पत्रिकामा छापिएका लघुकथाहरूले चार दशकअघि नै लघुकथा लेखनमा प्रेरित गरेको बताउँदै अहिले लघुकथा लेखनले फड्को मारेको उल्लेख गरे । उनले शुषमाको कथ्य शील्प सुन्दर भएको चर्चा गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

समालोचक प्राडा लक्ष्मणप्रसाद गौतमले लघुकथाकार मानन्धरको लेखनशील्पको चर्चा गर्दै संग्रहका ७५ प्रतिशत कथा राम्रो रहेको बताए । उनले कृतिमा भाषागत त्रुटी रहेको पनि उल्लेख गरे । लघुकथा समाजका अध्यक्ष साहित्यकार श्रीओम रोदनको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा लेखिका शुषमा मानन्धर तथा तुलसीहरि कोइरालाले बोलेका थिए ।

कार्यक्रममा आख्यान क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थिति थियो ।   

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC