site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ब्राभो र पोलार्ड वैकल्पिक खेलाडीमा 
Sarbottam CementSarbottam Cement

एजेन्सी । वेस्ट इन्डिजले इङ्ल्याण्ड र वेल्समा ११ दिनपछि सुरु हुने एकदिवसीय विश्वकप क्रिकेटका लागि अलराउण्डर ड्यानी ब्राभो र किरोन पोलार्डलाई वैकल्पिक खेलाडीमा समावेश गरेको छ । विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गरिसकेको वेस्ट इन्डिजले यि दुई खेलाडीलाई वैकल्पिक खेलाडीमा समावेश गरेको हो । गत अक्टोबरमा अन्तरराष्ट्रिय क्रिकेटपछि बिदा लिएर फर्किएका ब्राभो १० सदस्यीय टिामका लागि चयन भएका थिए । 

पोलार्डले हालै इन्डियन प्रिमिएर लिग क्रिकेटमा मुम्बई इन्डियन्सलाई कीर्तिमानी चौथो पटक उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । वैकल्पिक खेलाडीमा समावेश खेलाडी साउथ ह्याम्पटनमा हुने ४ दिनको प्रशिक्षणमा सहभागि हुनेछन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

३५ वर्षिय ब्राभोले १ सय ६४ एकदिवसीय अन्तरराष्ट्रिय खेल खेलेका छन् । २००४ मा इङल्याण्डविरुद्ध खेल्दै एकदिवसीय करिअर सुरु गरेयता ब्राभोले २९ सय ६८ रन बनाएका छन् ।  पछिल्लो पटक उनले २०१४ मा भारतविरुद्ध एकदिवसीय सिरिज खेलेका थिए । 

३२ वर्षिय पोलार्डले १ सय १ एकदिवसीय क्रिकेटमा सहभागिता जनाएका छन् । २००७ मा दक्षिण अफ्रिकाविरुद्ध खेल्दै एकदिवसीय क्रिकेटमा डेब्यु गरेका पोलार्डले २२ सय ८९ रन बनाएका छन् । बलिङतर्फ ५० विकेट लिएका छन् । पछिल्लो समय पोलार्डले २०१६ मा पाकिस्तानविरुद्ध एकदिवसीय अन्तरराष्ट्रिय सिरिज खेलेका थिए । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC