site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एमबाप्पे चम्किँदा पीएसजीको सहज जित 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । केलियन एमबाप्पे चम्किएपछि पेरिस सेन्ट जर्मन (पीएसजी)ले फेन्च लिग वानमा डिजोनमाथि सहज जित निकालेको छ । शनिबार राती घरेलु मैदानमा एमबाप्पेले २ गोल गरेपछि पीएसजीले डिजोनमाथि ४–० को सहज जित निकालेको हो । एमबाप्पेसँगै एन्जल डि मारिया र इडिन्सन काभानीले गोल गरे । खेल सुरु भएको ३ मिनेटमा नै एन्जल डि मारियाले टोलीलाई अग्रता दिलाएका थिए । १ मिनेट बित्न नपाउँदै इन्डिसन काभानीले पीएसजीको अग्रता २–० मा पुर्याए । 

त्यसपछि तेस्रो गोलका लागि ३६ औं मिनेट कुर्नुपरेको खेलमा एमबाप्पे नायक बने । तीन खेलको प्रतिबन्धपछि फर्किएका एमबाप्पेले ३६ औं मिनेटमा पीएसजीका लागि तेस्रो तथा व्यक्तिगत पहिलो गोल गरे । पहिलो हाफमा ३–० को अवस्थामा रहेको पीएसजीका लागि  दोस्रो हाफमा पनि एमबाप्पेले गोल गरे । ५६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै युवा स्टार एमबाप्पेले टोलीको जित ४–० ले सुनिश्चित गरे । 

डिजोनविरुद्धको २ गोलसँगै एमबाप्पेको फ्रेन्च गि वानमा गोलसंख्या ३२ पुगेको छ । उनी ३२ गोलसँगै सर्वाधिक गोल गर्ने खेलाडीको शिर्ष स्थानमा छन् । २२ गोलसहित निकोलस दोस्रो स्थानमा छन् । च्याम्पियन बनिसकेको पीएसजीले अब एक खेलमात्र खेल्न बाँकी छ । पीएसजीको अबको प्रतिस्पर्धी रेइम्स छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC