site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
गुफाबाट निस्केर मोदीले भने– मैले केही मागिनँ, हामीलाई भगवानले दिन योग्य बनाउनुभएको छ
Sarbottam CementSarbottam Cement

केदारनाथ धाम । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १७ घण्टासम्म गुफामा ध्यान गरेपछि आइतबार बिहान केदारनाथ मन्दिरमा पूजा अर्चना गरेका छन् । उनी शनिबार २ बजे ध्यानको लागि गुफामा गएका थिए । उनले राति पनि त्यही विश्राम गरेका थिए । प्रधानमन्त्री मोदी आइतबार बिहान गुफाबाट निस्कने क्रममा लौरो टेकेर उबडखाबड पहाडी बाटोबाट हिँड्दै मन्दिर पुगेका थिए । 

एनडीटिभीका अनुसार उनले बाटोमा बरफले ढाकेको पहाड पनि हेरेका थिए । केही समय उनी मन्दाकिनी नदीको किनारामा एक ढुंगामा बसे । मोदीले केदारनाथमा पूजा अर्चना गरेपछि भगवान केदारनाथको आशीर्वाद भारत र सम्पूर्ण मानव जातिप्रति रहने बताएका थिए । सोही समयमा एक पत्रकारले सोधे, ‘‘के  प्रार्थनाको क्रममा चुृनावमा जित होस् भन्ने आशीर्वाद माग्नुभयो ? ’’

Prabhu Bank
Agni Group
NIC Asia

यसमा प्रधानमन्त्री मोदीले भनेका थिए, ‘‘म केही पनि माग्दिन । म माग्नेको प्रवृत्तिमा सहमत पनि छैन  । किनकी उहाँले हामीलाई माग्न योग्य बनाउनुभएको छैन । उहाँले हामीलाई दिन योग्य बनाउनुभएको छ ।  ईश्वरले जसलाई दिने योग्य बनाउनुभएको छ , उसले समाजलाई दिनुपर्छ ।’’

उनले थपे, ‘‘भगवान बाबा केदारनाथ भारत मात्रै होइन पूरै मानव जातिका लागि, उनीहरुको सुख समृद्धि र कल्याणका लागि आशीर्वाद दिइरहनु भएको छ ।’’

Global Ime bank

साथै प्रधानमन्त्रीले केही वर्षदेखि आफूलाई केदारनाथको आध्यात्मिक चेतनाको भूमिमा आउने शौभाग्य प्राप्त भएको समेत बताए । उनले केदारनाथ आउन अनुमति दिएकोमा चुनाव आयोगप्रति पनि आभार व्यक्त गरेका थिए । यसले गर्दा आफूलाई दुई दिनको छुट्टी मिलेको समेत चर्चा गरे । आफू गुफामा भएको बेलामा बाहिरको सम्पर्कबाट पूरै बाहिर रहेको समेत जनाए ।  

उनका अनुसार त्यो गुफाको एउटा झ्यालबाट २४ सै घण्टा केदारनाथको दर्शन गर्न मिल्छ । केदारनाथमा चलिरहेको पुनर्निर्माण कार्य प्रधानमन्त्रीले विकास मिसन भएको र त्यसमा प्रकृति, पर्यावरण र पर्यटनको बारेमा ध्यान राख्नुपर्ने उनले बताए । उनले केदारनाथको कामको लागि एक समर्पित टिम रहेको र त्यो टिम मेहनतका साथ काम गरिरहेको उनले जनाए । उनले आफू स्वयंले पनि समय समयमा भिडियो कन्फरेन्समार्फत त्यहाँ भइरहेको कार्यको निगरानी गरिरहेको बताए ।

प्रधानमन्त्री मोदीले केदारनाथमा काम राम्रोसँग भइरहेको चर्चा गर्दै अब मानिसहरु सिंगापुर वा दुबई जानुको साटो केदारनाथ वा भारतका अन्य स्थानमा जान सक्ने बताए । प्रधानमन्त्री मोदी आज बद्रीनाथको समेत दर्शन गर्न जानेछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC