site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एफए कपको उपाधि सिटीलाई 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । इङ्लिस प्रिमिएर लिग फुटबलमा च्याम्पियन बनेको एक साता नबित्दै म्यानचेस्टर सिटीले एफए कपको उपाधि जितेको छ । फाइनलमा वाट्फोर्डमाथि ६–० को सहज जित निकाल्दै सिटीले उपाधि कब्जा गरेको हो । 
सिटीलाई उपाधि जिताउन रहिम स्ट्रर्लिङ र ग्राबियल जिससले २–२ गोल गरे । डेभिड शिल्भा र केभिन डी बु्रयनले एक–एक गोल गरे । 
वेम्बली स्टेडियममा २६ औं मिनेटमा शिल्भाको गोलबाट अग्रता लिएको सिटीले ३८ औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो । सिटीका लागि दोस्रो गोल गरेका जिससले ६८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । 
त्यसअघि ६१ औं मिनेटमा केभिनले टोलीको अग्रता ३–० का पुर्याएका थिए । खेल सकिन ९ मिनेट बाँकी रहँदा रहिमले टोलीलाई ५–० को अवस्थामा पुर्याए । ८१ औं मिनेटमा गोल गरेका रहिमले ६ मिनेट लगत्तै अर्को गोल गर्दै टोलीलाई ६–० को सहज जित दिलाए । 
एएफ कपको उपाधिसँगै सिटीले यो सिजन तिन उपाधि जितेको छ । एक साताअघि प्रिमिएर लिगको उपाधि जितेको सिटीले काराबाओ कपको उपाधि पनि जितेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC