site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालमा पक्राउ परेका व्यक्ति छुटाउन भारतीय विदेश मन्त्रालयमा गुहार
Sarbottam CementSarbottam Cement

काठमाडौं । एक साताअघि काठमाडौंको याक एण्ड यति होटलमा पक्राउ परेका भारतीय नागरिकका आफन्तले उनीहरुलाई छुटाउन भारतको विदेश मन्त्रालयलाई गुहारेको समाचार आइतबारको हिन्दुस्तान टाइम्सले प्रकाशित गरेको छ ।  पक्राउ परेकाहरु भारतको लखनउ, वाराणसी, प्रयागराज, सोनभद्रालगायतका क्षेत्रका भएको समाचारमा उल्लेख छ । उनीहरु लखनउ र अलाहबादमा रहेका निजी रियल स्टेट कम्पनीमा आवद्ध रहेको जनाइएको छ ।   

‘‘हामीले विस्तृत रुपमा मन्त्रालयलाई लेखेका छौं । यस्तै संघीय विदेशमन्त्री सुष्मा स्वराजलाई पनि भनेका छौं । हामीले हाम्रा मानिसहरु फिर्ता ल्याउनका लागि मन्त्रालयको हस्तक्षेप चाहेका छौं,” पक्राउ परेका गजेन्द्र सिंहका दाजु देवेन्द्र सिंहले भने ।  नेपाल प्रहरीको हिरासतमा रहेका अन्यमा एके सिंह, कसिफ सकिल, मोहम्मद सर्जिल, रमेश राम, सुनिल उपाध्याय, निरज कुमार मिश्र, अशोक कुमार, आयुष उपाध्याय, गिरिश उपाध्याय र विजनेश ग्रुपका मालिक रशि नसिम रहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

परिवारका सदस्यहरु सोमबार विदेश मन्त्रालयमा जाने तयारीमा रहेको बताइएको छ ।  उनीहरु तीन दिने विजनेश कार्यशालामा भाग लिन जाने क्रममा नेपाल प्रहरीद्वारा पक्राउ परेको जनाइएको छ ।  एक जना नेपालका नागरिक महेन्द्र सिंह सोही कार्यक्रममा रहेको र उनी विरुद्ध परेको उजुरीको आधारमा भारतीयलाई पनि पक्राउ गरिएको देवेन्द्रले बताएका छन् । 

देवेन्द्रले स्थानीय अदालतमा समेत सम्पर्क गरेको जनाएका छन् । महेन्द्र सिंहलाई मात्रै जिम्मेबार मान्नुपर्ने र अरुलाई कारवाही गर्न नमिल्ने उनको दाबी रहेको छ ।  रशिद नसिमका दाजु असिफ नसिमले विदेश मन्त्रालयलाई पठाएको पत्रमा तत्काल हस्तक्षेप गर्न भनिएको छ ।  काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीलाई सम्पर्क गर्दा आफूलाई त्यसबारेमा जानकारी नभएको र आफूले अदालतको आदेश पछ्याउने जनाएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

Global Ime bank

यता नेपाल प्रहरीले नेटवर्किङ ठगीमा पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार वैशाख २७ गते शुक्रबार काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भारतीय नागरिकहरुले गैरकानुनी रुपमा नेटवर्किङ व्यवसाय गरिरहेको र त्यसमा नेपालीहरुको पनि सहभागिता रहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“नेपालीहरू समेत नेट वर्किङ व्यावसायमा लगानी गरिरहेको फेला पारी उक्त कार्य गराउने निम्न उल्लेखित भारतीय नागरिकहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान शुरू गरिएको । अनुसन्धानको क्रममा भारत नयाँ दिल्ली घर भई 'SHINE GROUP' का CMD (Chief Managing Director) बताउने रसिद नसिम (वर्ष- ४३), आफूलाई बैङगोलर घर भई भारतीय नागरिक बताउने नेपाली मूलका महेन्द्र सिंह (वर्ष- ३५) लगायतले Shine city, Shine infrastructure, Shine diamond and Gold र Shine Forex (विदेशी मुद्रा विनिमय) जस्ता विभिन्न कम्पनी मार्फत Real State Diamond & Gold र विदेशी मुद्रा खरिद बिक्रीमा लगानी गर्ने र कम्पनीको मुख्य कार्यालय (Head Office) दुवईमा शाखा कार्यालय लखनउ, सिंगापुर र मौरिसस छ भनि Net Working business मार्फत १२५० USD लगानी गर्ने र त्यति नै १२५० USD नै कम्पनीले राखी दुवइमा व्यक्तिको खाता खोल्ने वा जति धेरै रकम व्यक्तिले लगानी गर्छ त्यति नै रकम कम्पनीले राख्ने, Gmail ID को आधारमा एउटै व्यक्तिको १०० औं खाता खोल्न सकिने, मासिक १५% सम्म कमिशन र अन्य जति सदस्यहरू Reference मा सदस्य बनाउदै जान्छ त्यति नै लगानी कर्ताको Level बढ्दै माथि जाने र रू.१ करोडसम्म लगानी एउटा व्यक्तिको मातहत जुटाएमा President पद पाउने भन्ने प्रलोभन देखाइ धेरै भन्दा धेरै मानिसहरूलाई विस्वस्त तुल्याई अवैध रुपमा नेपाली पैसा विदेश पुर्‍याउने र ठगी गर्ने उद्देश्य देखिएको, SHINE GROUP को नाममा दुवईमा कुनै मुख्य कार्यालय भएको नबुझिएको, निजहरूले ३ जना नेपालीसँग रू.१ करोड २३ लाख बराबर ठगी गरेको जाहेरी प्राप्त भएको, अन्य ठगिएका नेपाली लगानी कर्ताहरूको समेत खोजतलास गरी निजहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको । साथै नेपालमा कुनै पनि प्रकारका Net Working business गैर कानूनी रहेको र राष्ट्र बैंकको अनुमति विना नेपालबाट विदेशी विनिमयको कारोवार प्रतिवन्धित रहेको । निजहरूलाई संगठित ठगी अपराधमा म्याद थप गरी थप अनुसन्धान गरिने समेत जानकारी गराईएको ।” 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  ११:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC