site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतमा आज अन्तिम चरणको निर्वाचन, कसको सरकार बन्ने भन्ने कुराको निर्णय चार दिनपछि
Ghorahi CementGhorahi Cement

नयाँ दिल्ली । भारतमा आज १७ औं लोकसभा अन्तर्गतको सातौं तथा अन्तिम चरणको मतदान सुरु भएको छ । यो चरणमा उत्तर प्रदेश, विहार, पश्चिम बंगालसहित सात राज्य र केन्द्र शासित राज्यका ५९ सिटका लागि मतदान हुँदैछ । यो चरणमा उत्तर प्रदेश र पञ्जाबका १३, विहार र मध्यप्रदेशका ८–८, पश्चिम बंगालका ९, हिमाञ्चल प्रदेशका ४, झारखण्डका र केन्द्र शासित चण्डीगढको १ सिटमा मतदान हुन लागेको हो । यो चरणको चुनाव प्रचार निकै नै नाटकीय रहेको थियो । 

कोलकातामा भाजपा अध्यक्ष अमित शाहको रोड शोको अवसरमा भएको हिंसाका कारण चुनाव आयोगले अनुच्छेद ३२४को प्रयोग गर्नुपर्यो भने पश्चिम बंगालमा ९ सिटका लागि १६ मेको राति १० बजे अर्थात् १९ घण्टा अघि नै चुनाव प्रचारमा रोक लगाइएको थियो । आजको मतदानमा लगभग १० करोड मतदाताले ९०९ उमेदवारको भाग्य फैसला गर्दैछन् ।

Agni Group

यो चरणमा सबैभन्दा महत्वपूर्ण मानिएको वाराणसीमा प्रधानमन्त्री नरेन्द्र मोदी भाजपाका तर्फबाट उमेदवार छन् । उनको सामना सपाका शालिनी यादव र कांग्रेसका अजय रायले गर्दैछन् । उत्तर प्रदेशको गाजीपुर लोकसभा सिटमा केन्द्रीय मन्त्री मनोज सिन्हा चुनावी मैदानमा रहेका छन् । उनको सामना गठबन्धनका उम्मेदवार अफजाल अन्सारीले गर्दैछन् । 

यस्तै गोरखपुरमा भाजपाका उम्मेदवार रबी किशन शुक्ला चुनावी मैदानमा छन् भने गठबन्धनको तर्फबाट रामभुआल निषाद मैदानमा रहेका छन् । सो स्थानमा कांग्रेसका तर्फबाट मधुसुदन तिवारी चुनाव लडिरहेका छन् । विहारको पटनामा केन्द्रीय मन्त्री रबीशंकर प्रसादले कांग्रेसका शत्रुघन सिन्हासँग प्रतिस्पर्धा गर्दैछन् । यसैगरी बिहारमा नै कांग्रेसका वरिष्ठ नेता तथा पूर्वलोकसभा अध्यक्ष मीरा कुमारपनि चुनाव लड्दैछन् । पञ्जाबमा पनि केन्द्रीय मन्त्री हरदीप सिंह चुनाव लड्दैछन्् । झारखण्डमा झारखण्ड मुक्ति मोर्चाका अध्यक्ष शिबु सोरेन चुनावी मैदानमा रहेका छन् ।

Global Ime bank

भारतको निर्वाचनमा केन्द्रीय सरकार बनाउने गरी प्रभाव पार्ने मुख्य पाँच राज्य हुन् । तिनमा उत्तर प्रदेश–८०, महाराष्ट्र —४८, पश्चिम बंगाल–४२, बिहार–४० र तमिलनाडु–३९ सिट भएका क्षेत्र हुन् । लोकसभा सिटको संख्याको हिसाबले हेर्दा भारतका माथिका पाँच राज्य निकै महत्वपूर्ण छन् । त्यसैले दिल्लीमा सरकार बनाउनका लागि यी राज्यको महत्वपूर्ण भूमिका हुन्छ ।

राजनीतिक विश्लेषकहरुका अनुसार २०१४को आम चुनाव र २०१९को आम चुनावमा निकै फरक रहेको छ । उनीहरुको अनुमानमा यस पटक लोकसभा चुनावमा पछिल्लो पटकका सबै आँकडा उलटपुलट हुन लागिरहेका छन् । त्यसका कैयौं कारण छन् । यी पाँच राज्यमा जसको पल्लाभारी हुन्छ उसैले सरकार बनाउने हो ।  

भारतमा यसअघि ६ चरणका निर्वाचन भइसकेका छन् । मतपरिणाम अबको चारदिन पछि अर्थात् मे २३मा एकै पटक आउँदैछ । निर्वाचनमा अहिलेकै सत्तारुढ भाजपाले विजय हासिल गर्छ वा विपक्षी कांग्रेसले विजय हासिल गर्छ भन्ने कुराको छिनोफाने अबको चार दिनमा हुने बीबीसीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  ०७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC