site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दरबार हत्याकाण्डका प्रत्यक्षदर्शीको पुस्तक
Ghorahi CementGhorahi Cement

काठमाडौं ।  १८ वर्षअघि भएको राजदरबार हत्याकाण्ड के थियो, कसरी भएको थियो ? यसबारे घटनाका प्रत्यक्षदर्शी सैन्य अधिकारीले आफ्नो वृत्तान्त सार्वजनिक गर्न लागेका छन् ।

२०५८ जेठ १९ गते राति नारायणहिटीमा गोली चल्दाचल्दै छिर्ने पहिलो व्यक्ति थिए– तत्कालीन राजा वीरेन्द्रका प्रमुख शाही पाश्र्ववर्ती (एडीसी) सुन्दरप्रताप राना । उक्त हत्याकाण्ड र राजपरिवारसँग उनको सम्बन्धमा आधारित पुस्तक ‘दरबारको दुःखान्त’ यसै साता प्रकाशित हुँदैछ ।

तत्कालीन राजा, रानी र युवराजको एडीसीका रुपमा दरबारमा १७ वर्ष बिताउँदाका अन्य थुप्रै अनुद्घाटित घटनाहरुका साक्षी पनि हुन् राना । त्यससम्बन्धी हालसम्म बाहिर नआएका निकै महत्वपूर्ण र रोचक प्रसंगहरु यो पुस्तकमा पढ्न पाइन्छ । 

Agni Group

“राजदरबारमा अकल्पनीय हत्याकाण्ड भएयता १८ वर्षभरी मेरो जीवन एकखाले उकुसमुकुस र छटपटीबाट गुज्रियो,” एडिसी राना भन्छन्, “दरबारको दुःखान्त पुस्तक मेरो त्यही छटपटीको अवतरण हो ।”

प्रमुख एडिसी रानाले कूल १९ वटा अध्यायमा बाँडिएको यो पुस्तकमा आफूले आँखैअगाडि देखेको जेठ १९ को घटना र त्यसपछिका दृश्यावलीको वर्णन गरेका छन् । 

Global Ime bank

उनी भन्छन्, “बिलियर्ड हलको प्रलयकारी दृश्य, मेसिनगनको फायर हँुदाहँुदै राजालाई त्यहाँबाट निकाल्दाको क्षण, घाइते राजाको प्राण बचाउन दौडाउँदाको अवस्था र अस्पतालको कोलाहल मेरो आँखाभरि झलझली घुमिरहन्छ ।”

पुस्तक दरबार हत्याकाण्डको वरिपरीमात्र घुमेको छैन । तत्कालीन राजपरिवारका सदस्यहरुको स्वभाव, शैली, राजा वीरेन्द्रको रानी ऐश्वर्य, छोरा दीपेन्द्र र भाइहरु ज्ञानेन्द्र–धीरेन्द्रसँगको सम्बन्धलगायत थुप्रै निजी प्रसंगहरु पनि यसमा समाविष्ट छन् ।

राजा वीरेन्द्रले महत्वपूर्ण राजनीतिक निर्णयहरु लिँदाको मनोविज्ञान, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, मदन भण्डारीलगायतका नेतासँगको व्यक्तिगत सम्बन्ध, भारतसँगको टकराव, चीनसँग हतियार विमानभेदी अस्त्र किन्दाको पृष्ठभूमि, राजदरबारको आन्तरिक समीकरण आदिबारे पनि पुस्तकमा पढ्न पाइन्छ ।

समग्रमा राजपरिवारको जीवन र अन्त्यको वृत्तान्त हो– ‘दरबारको दुःखान्त’, जसले नेपालको निकट इतिहास बुझ्न सघाउँछ । यो पुस्तक किताब पब्लिसर्सले प्रकाशन गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC