विराटनगर । बुद्धजयन्तीको अवसर पारेर स्थानीय राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाले आयोजना गरेको खुला कविता प्रतियोगितामा कवि शिवनारायण पण्डित ‘सिंगल’ प्रथम भएका छन् ।
२८ जना प्रतिस्पर्धीलाई उछिन्दै सिंगल प्रथम भई नगद १० हजार पुरस्कार राशी प्राप्त गरेका छन् । प्रतियोगितामा रोमा निरौला द्वितीय, महेश साह तृतीय र योगराज दाहाल सान्त्वना भएका छन् । उनीहरुले क्रमशः ८, ५ र ३ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कृत सबैलाई कार्यक्रमकी प्रमुख अतिथी प्राज्ञ गंगा सुवेदीले नगद र प्रमाणपत्र प्रदान गरिन् ।
त्यस्तै समारोहमा साहित्यकार भरत गुरागार्इंं र लावण्य सापकोटालाई सम्मान गरिएको थियो । कार्यक्रममा मधु पोखरेल, मीनकुमार नवोदित, शुभलक्ष्मी लम्साल, तारानाथ पोखरेल, स्वयम्भुनाथ कार्कीलगायतका अतिथी कविहरुले पनि अप्रतियोगी सिर्जना प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष जीवन काफ्लेले अर्को वर्षदेखि प्रतियोगितालाई प्रदेशस्तरीय बनाउने जनाए । कार्यक्रममा प्राज्ञ गंगा सुवेदी, नेपाल निजामती कर्मचारी संगठन मोरङका अध्यक्ष ओमराज सुवेदी, सहकारीका उपाध्यक्ष उपाध्यक्ष प्रदीपकुमार पाण्डे, सचिव मुरारीप्रसाद घिमिरेलगायतले मन्तव्य राखेका थिए ।