site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
काक्रो बिक्रीबाट दैनिक २० हजार
Sarbottam CementSarbottam Cement

पोखरा । पोखरा महानगरपालिका–१४ चाऊथेका कृषक केवल गौतमले कांक्रो बिक्रीबाट  दैनिक २० हजार आम्दानी गर्दै आएका छन् । एक हजार ५८० वर्गमिटरको हरितगृहभित्र लगाएको भक्तपुरे स्थानीय जातको काक्रोले राम्रो उत्पादन दिन थालेपछि अहिले ऊनले दैनिक ४ सय केजी काक्रो बिक्री गरेर उक्त  आम्दानी गरेका हुन् । 

टनेलभित्र २३ ड्याङमा लगाइएको काक्रोका बिरुवामध्ये नौमा पहिलेदेखि र बाँकीमा भर्खरै उत्पादन दिन शुरु गरेको बताउँदै उनले बैशाखमा मात्र पाँच हजार केजीभन्दा बढी काक्रो बिक्री गरेको जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

शुरुका दिनमा काक्रो होलसेलमा रु ६५ मा बिक्री हुने गरे पनि पछिल्लो समय प्रतिकेजी रु ५० मा बिक्री गर्ने गरेको बताउँदै कृषक गौतमले भने, “उत्पादित काक्रो बिक्री हुँदैन कि भन्ने चिन्ता छैन,” अहिले पनि व्यापारीको मागअनुसारको काक्रो पुर्याउन नसकेको अनुभव सुनाए । 

कतिपयलाई फोन सम्पर्कका आधारमा सम्बन्धित स्थानमा पुर्याइदिने गरेको जानकारी दिँदै कृषक गौतमले पोखराका राष्ट्र बैंकचोक, छोरेपाटन, रामबजार, विरौटा, पोखरा तरकारी बजारमा बिक्री गर्ने गरेको उनको भनाइ थियो ।  काक्रोबाट मात्र दुई महिनाको अवधिमा  १५ देखि २० लाख हाराहारी आम्दानी गर्ने लक्ष्य रहेको गौतमले जानकारी दिए ।  

Global Ime bank

नेपाल सरकार कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (एकाइ) सुपरजोन (तरकारी) अन्तर्गत निर्माण गरिएको तापअनुकूलित हाइटेकभित्र उनले काक्रोलगायत, गोलभेँडा, सिमी, रायोसाग, धनीयालगायतका विभिन्न मौसमी तथा बेमौसी तरकारी उत्पादन गर्दै आएका छन् । 

परियोजनाको रु ८५ लाख अनुदान र रु १५ लाख आफ्नोसहित रु एक करोडको लागतमा तीन हजार १२३ वर्गमिटरका छुट्टाछुट्टै निर्माण गरिएका चार हरितगृहमध्ये यतिखेर दुईमा गोलभेँडा, एउटामा काक्रो रहेको छ । अर्कोमा रायोसाग र धनियाको बीउ रोपेका छन् । 

शारीरिकरूपमा फरक क्षमताका कारण ह्वीप्लचियरको सहायतामा व्यावसायिक तरकारीमार्फत यथेष्ठ आम्दानी गर्न सफल पाँच दशक पार गरेका गौतमले यतिखेर सबलाङ्गका लागि पनि माटोमा पसिना भिजाउन सके के हुँदैन भन्ने चुनौतीसमेत थपिदिएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC