site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 राप्रपाले सरकारसँग दोस्रो चरणको वार्ता गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल सरकारसँग जारी वार्तालाई सकारात्मक रुपमा लिँदै यथाशीघ्र दोस्रो चरणको वार्ता प्रारम्भ गर्न पार्टी वार्ता समितिलाई निर्देशन दिएको छ । 

राप्रपाका अध्यक्ष कमल थापाको अध्यक्षतामा पार्टी कार्यालय धूम्रबाराहीमा शुक्रबार बसेको पार्टीको विशेष बैठकमा पार्टी र नेपाल सरकारबीचको वार्ताका सम्बन्धमा पार्टीका वरिष्ठ नेता दीपक बोहराले बैठकलाई जानकारी दिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकमा जनसंघर्षको पहिलो चरणको समीक्षा र दोस्रो चरणको तयारीका सन्दर्भमा संयोजक तथा पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ्गबाट प्रस्तुत प्रतिवेदनमाथि विस्तृत छलफल र समीक्षा भएको पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । 

प्रदेश कार्यसमितिका अध्यक्षहरुले प्रदेशको विद्यमान सङ्गठनात्मक स्वरुप र भावी कार्ययोजनाबारे बैठकमा प्रस्तुत गरे । बैठकले सङ्गठन सुदृढीकरण र सक्रिय सदस्यता वितरण कार्यत्रमलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउन पार्टीका केन्द्रीय पदाधिकारी,  सदस्य तथा सबै तहका कार्यसमितिलाई निर्देशन दिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  २०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC