site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
भारतको चुनावले आकाशियो नेपालमा गोलभेँडाको मूल्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । भान्सामा पाक्ने सबै प्रकारका तरकारीको परिकारमा प्रयोग हुने गोलभेँडाको मूल्य आकाशिएको छ । शुक्रबार कालिमाटी फलफूल तथा तरकारी बजारमा ठूलो गोलभेँडाको अधिकतम मूल्य एक सय २० र सानो गोलभेँडाको अधिकतम मूल्य एक सय १० रुपैयाँ कायम भएको हो ।

गतवर्ष यही समयमा ठूलो तथा सानो गोलभेँडाको मूल्य अधिकतम ५० रुपैयाँ थियो । तुलनात्मक रुपमा हेर्दा गतवर्षभन्दा यो वर्ष गोलभेडाको मूल्यमा प्रतिकिलो ७० रुपैयाँको अन्तर हो । पछिल्लो समय वैशाख २२ गतेबाट गोलभेँडाको मूल्यमा तीव्र वृद्धि भइरहेको छ । जसले गर्दा भान्साको मूल्य समेत बढेको छ भने आम सर्वसाधारणको गर्जो टार्न १ सय ५० प्रतिकिलोको गोलभेँडा किनेर खानुपर्छ । जुन असम्भव प्राय: भइसकेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार परीसरमा भेटिएकी आशा पुरीले गोलभेँडाको मूल्य बढेसँगै यसको प्रयोग नगरेको बताइन् । उनले बाह्रखरीसँग भनिन्, “काठमाडौंको बसाईँ, सानो काम । महँगो तरकारी कसरी खानु ? मैले त गोलभेँडा किन्नै छाडिसकें ।”

Prabhu Bank
Agni Group
NIC Asia

बजारमा किनमेल गर्न आएकी भगवती खत्रीको पनि यस्तै समस्या छ । उनले भनिन्, “चारजनाको जहान पाल्न धौधौ भइसक्यो ।” यसरी तरकारीको मूल्य आकाशिँदै जाने हो भने काठमाडौं बसाइ यही समय बीट मार्नुपर्ने तीतो यथार्थ उनको छ ।

पुरी र खत्रीको मात्र होइन, यो उपत्यकाबासीको साझा समस्या हो । कालिमाटी फलफूल तथा तरकारी बजारका एक व्यापारीले भने सुख्खायाम भएको कारण गोलभेँडाको मूल्य बढेको बताए ।

Global Ime bank

यसैबिच कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापक प्रमुख मनोज धितालले भारतमा चुनाव भएको कारण गोलभेँडाको आयात नै कम भएकाले महँगो भएको बताए । बाह्रखरीलाई उनले भने, “भारतबाट दैनिक एक सय ५० देखि दुई सय टनभन्दा बढी टमाटर आयात हुने गरेको थियो । तर हाल एक सय देखि एक सय २० टनको हाराहारीमा मात्र आइरहेको छ ।” यहीकारण मूल्य वृद्धि भएको उनले जानकारी गराए । तराईको गर्मी पनि टमाटरको मूल्य बढ्ने एक कारक भएको उनको भनाई छ ।

वैशाख २३ गते २१ हजार १५ किलो ठूलो गोलभेँडा आयात भएकोमा २४ गते आयातदर घटेर पाँच हजार ६ सय २५ मात्र भएको थियो । यसैगरी २५ गते कालीमाटी तरकारी बजारमा गोलभेँडा आयात शून्य नै थियो । 

वैशाख २२ गतेदेखि २८ गतेसम्मको अवधीमा बजारमा ५७ हजार ७ सय ९० किलो ठूलो गोलभेँडा र ७ लाख ३० हजार ९ सय १० किलो सानो गोलभेँडा आएको छ । भारतमा चुनाव सकिएसँगै जेठको दोस्रो साताबाट गोलभेँडाको मूल्य घट्ने प्रमुख धितालले बताए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC