site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सूर्य नेपाल प्रिमियर गल्फ : प्रो-एएमको उपाधि दिपकको टिमलाई
Sarbottam CementSarbottam Cement

काठमाडौं । दिपक आचार्यको टिमले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप अन्तर्गत प्रो-एएमको उपाधि जितेको छ  । शुक्रबार गोकर्ण गल्फ क्लबमा भएको खेलमा दिपकको टोलीले कुल १ सय ६६ अंक ल्याउँदै जित हात पारेको हो ।

टोलीको जितका लागि दिपकले ३६ स्कोर बनाए । त्यस्तै सहदेव आचार्यले प्रतियोगिताको सबैभन्दा धेरै ४५ स्कोर बनाउन सफल भए । टिमका लागि हर्सिद कुमार सिंहले ४३ स्कोर बनाउँदा कैलेस शेर्पाले ३९ स्कोर बनाए ।

Prabhu Bank
Agni Group
NIC Asia

यता सचिन भट्टराईको टोलीले १ सय ४९ स्कोर बनाउँदै दोस्रो हुन सफल भयो । टिमका लागि सचिन र कम्मिर शाहले समान ३८-३८ स्कोर बनाउँदा टेन्डी शेर्पाले र रविन्द्र तिवारीले ३६ स्कोर बनाए ।

त्यस्तै कुल १ सय ४१ स्कोर सहित टासि घलेको टोली तेस्रो हुन सफल भयो । टिमका लागि घलेले ३८, भरत बास्कोटीले ३५, मदन राना र हेमन्त थापाले समान ३४-३४ स्कोर बनाए ।

Global Ime bank

करिस्मा शाहले प्रतियोगितामा सबै भन्दा धेरै स्कोर बनाउने महिलाको उपाधि हात पारिन् । उनले ३८ स्कोर गरेकी थिइन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC