अर्थ व्यवसाय
काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देहीमा एक शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले रुपन्देहीको कोटहीमाई गाउँपालिकाको पुन्नीहवामा थप एक शाखारहित बैकिंङ सेवा सञ्चालनमा ल्याएको हो ।
योसहित बैंकको ९८ शाखारहित बैंकिङ्ग सेवा सुरु भएको छ । ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द्रबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानीको साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।
बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्थासँगै चिपमा आधारित डेबिट कार्ड पनि उपलब्ध गराएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६ १५:४६
प्रतिक्रिया दिनुहोस्