site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सकिएकै हो जबजको औचित्य ? सूत्र बनाएर घोक्दैनौँ : ओली
Sarbottam CementSarbottam Cement

काठमाडौं । पार्टी एकताको एक वर्ष पूरा भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा वैचारिक अन्तरसंघर्षले प्रवेश पाएको छ । नेकपा एमालेका पार्टीका महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २६ औँ स्मृति दिवस पारेर नेताहरू नेकपाको तत्कालीन पाँचौँ महाधिवेशनबाट पारित कार्यक्रम जनताको बहुदलीय जनवादको डिस्कोर्समा जुटेका हुन् ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आजको पार्टी आन्दोलनमा भण्डारीद्वारा प्रतिपादित कार्यक्रम जनताको बहुदलीय जनवाद नै दोहोर्‍याउनु नहुने र परिवर्तित सन्दर्भमा नयाँ विचार र दृष्टिकोण आवश्यक रहेको औँल्याएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जबजलाई सूत्र बनाएर कण्ठ गर्ने पक्षमा आफू नरहेको स्पष्ट पारेका छन् । “जनताको बहुदलीय जनवादलाई सूत्र बनाएर घोक्ने, त्यसैलाई कण्ठ गर्ने, हिजो मदन भण्डारीले जेजे भन्नुभयो, त्यसैले काम चल्छ भन्ने रूपमा होइन, समयानुकूल ढंगले यसको सिर्जनात्मक प्रयोग कसरी हुन्छ भनेर चल्दै आएका छौँ, त्यसैगरी चल्छौँ,” उनको निचोड थियो ।

मदन भण्डारीले अगाडि सारेको विचारको धारालाई नेकपाले नछाड्ने उनको भनाइ थियो । “पार्टी जबजकै धाराबाट अगाडि बढ्छ, त्यसलाई छोड्नै मिल्दैन, किनभने त्यसपछि जाने कता ?,” उनको प्रश्न थियो ।

Global Ime bank

आक्रोशको अभिव्यक्ति नदिऊँ
अध्यक्ष ओलीले पार्टीका नेता–कार्यकर्तालाई आक्रोशको अभिव्यक्ति नदिन पनि अनुरोध गरे । केही दिनपूर्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल र ईश्वर पोखरेलबीच मञ्चमै घोचपेच र छेडखानी भएको थियो ।

उनले भने, “केही–केही कमी छन् । केही–केही असजिला छन् । तर, हामीले ती कुरालाई सच्याउनुपर्छ । अनुशासित पार्टीका रूपमा लैजानुपर्छ । हामीले आन्तरिक कुरा के हुन्, सार्वजनिक कुरा के हुन्, आवेशका कुरा के हुन्, यथार्थ कुरा के हुन् छुट्याएर अभिव्यक्ति दिनुपर्छ । आक्रोशमा अभिव्यक्ति सार्वजनिक ढंगले दिनु वाञ्छनीय हुँदैन । त्यसमा हामीले सच्याउनुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  १४:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC