site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पहिलोपटक बेञ्‍चमा बस्दा अनिताको अनुभव– ‘मिस यु नेपाल’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी अनिता बस्नेत यतिबेला भारतीय महिला लिग खेलिरहेकी छन् । अनितासँगै स्टाइकर सावित्रा भण्डारी तामिलनाडु क्लब सेतुको प्रतिनिधित्व गरिरहेका छन् । सेतु भोलि (शनिबार) बरोडा फुटबल एकेडेमीसँग प्रतिस्पर्धा गर्दैछ । 

एक खेल अगावै सेतुले अन्तिम चारमा स्थानमा बनाइसकेको छ । ४ खेलमा जित निकालेको सेतु १२ अंकसहित समूहको शीर्ष स्थानमा छ । सेतुको जितमा नेपालका अनिता र सावित्रा दुबैले उत्कृष्ट प्रदर्शन गरेका छन् । 

पहिलो पटक व्यावसायिक लिगमा आबद्ध अनिताले लिगबाट धेरै सिक्न पाएको बताएकी छन् । बाह्रखरीसँगको कुराकानीमा अनिताले भारतको राष्ट्रिय टोलीका अनुभवी खेलाडी समेत सेतुमा आबद्ध रहेकाले उनीहरुबाट धेरै सिक्न पाइरहेको बताइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले भनिन्, “३ जना धेरै अनुभवी खेलाडी छन् । उनीहरुसँग सिक्न पाइरहेका छौं । साथै प्रशिक्षकबाट पनि नयाँ कुराहरु सिक्न पाइरहेका छौं ।” सेतुले लिगमा चार खेल खेल्दा अनिताले तीन खेलमा खेल्न अवसर पाएकी छन् । सुरुआती खेलमा बेन्चमा बिताएकी अनिताले आफ्नो डेब्यू तथा सेतुको दोस्रो खेलमा बेङ्लोर युनाइटेडविरुद्ध एक गोलसमेत गरेकी थिइन् । लिगमा एउटा खेल अवधिभर विदेशी एकमात्र खेलाडी मैदान उतार्न पाउने नियम छ ।त्यही नियमका कारण अनिता सेतु लिगको पहिलो खेलमा मणिपुर पुलिस स्पोर्टस्सँग खेल्दा बेन्चमा बस्न बाध्य भइन् । 

“नेपालमा कहिले बेन्चमा नबसेको म, जहिले प्लेइङ सेटमा पर्ने खेलाडी । पहिलो खेलमा नै बेन्चमा बस्दा निकै दुःखी भएँ । ९० मिनेट बेन्चमा बस्दा त निकै सकस भयो । नियम पछिमात्र थाहा पाएँ एकजना मात्र खेल्न पाउने भनेर । गिल्टी फिल भयो,” अनिताले भनिन् । 

Global Ime bank

अनिताले यसअघि माल्दिभ्समा फुटसल खेलेकी थिइन् । फुटसल खेल्दा पनि अनिता र सावित्रा सँगै थिए । भारतीय लिगमा एउटै क्लबमा रहेरपनि सँगै खेल्न नपाउँदा अनिता दुःखी छन् । “सावित्रा र म अहिलेसम्म छुट्टिएर खेलेका छैनौं । यो लिगको नियमले सँगै खेल्न नपाइने रहेछ । यसले दुःख लागेको छ । एक–अर्कासँग समन्वय राम्रो छ । दुवै मैदानमा हुँदा ढुक्क भएर खेल्छौं । तर पनि यहाँको नियमले केही अप्ठ्यारो मात्र पारेको हो । दुवै जनामध्ये जसले मैदानमा खेले पनि शतप्रतिशत प्रदर्शन गर्नेछौँ,” अनिताले भनिन् । 

पहिलो पटक विदेशी लिगमा आबद्ध अनिता टोलीलाई च्याम्पियन बनाउन प्रयासरत छिन् । उनले भनिन, “मैदान उत्रिसकेपछि जित नै लक्ष्य हो हाम्रो । हरसम्भव कोसिस गरिरहेकी छु राम्रो खेल्न । प्रशिक्षकको पनि टोलीलाई च्याम्पियन बनाउने लक्ष्य छ । त्यसमा सावित्रा र मैले पनि कोशिस गरेका छौं । अरु खेलाडी पनि राम्रै छन् ।” 

अनिता र सावित्रा नेपालमा पनि एउटै क्लबबाट खेल्छन् । सशस्त्रको एपीएफमा आबद्ध उनीहरु राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य हुन् । राष्ट्रिय टोलीमा डेब्यू र विभागीय टोली एपीएफमा एकै पटक अनुबन्धित भएका दुवैको लक्ष्य सेतुलाई लिग च्याम्पियन बनाउने हो । 

यतिमात्र होइन, आफ्नो प्रदर्शनबाट आगामी लिगमा नेपाली अरु खेलाडीलाई पनि आबद्ध हुने बाटो खुल्ला गर्नु हो । त्यसका लागि अनिता आफ्नो क्षमता देखाउन लागिपरेको बताउँछिन् । “नेपालको हाम्रो टिममा पनि राम्रो खेलाडी छन् । लिगमा आबद्ध हुन सके धेरै सिक्न पाइन्छ,” अनिताले थपिन् । 

अनिता गत फागुनमा विराटनगरमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिपबाट चर्चामा आएकी खेलाडी हुन् । श्रीलंकाविरुद्ध गोल गरेपछि पाउलो डेबालाको स्टाइलमा सेलिब्रेसन गरेकी अनिता विभिन्न मिडियाको नजरमा परिन् । श्रीलंकाविरुद्ध गोलको सेलिब्रेसन मात्र नभई उनको प्रदर्शन पनि हेर्न लायक थियो । 

घरेलु प्रतियोगितामा एपीएफलाई च्याम्पियन बनाउन अनिता र सावित्राले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । सन् २०१४ मा पाकिस्तानको इस्लामावादमा भएको तेस्रो महिला साफ च्याम्पियनसिपबाट अनिता र सावित्राले राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC