site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सय वर्षे जोशीलाई चीन भ्रमणको निम्तो, जोशीले भने– उमेरका कारण असमर्थ छु 
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  संस्कृतिविद् सत्यमोहन जोशीलाई शुक्रबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटेकी छन् । ललितपुरको बखुम्बहालस्थित जोशीको निवासमै पुगेर उनले भेटघाट गरेको जोशीका सहयोगीले बाह्रखरीलाई जानकारी दिएका छन् । वैशाख ३० गतेबाट जोशी १०० वर्ष लागेका छन् । उनीहरुबीच करिब ४५ मिनेट कुराकानी भएको जनाइएको छ । 

भेटका क्रममा राजदूत यान्छीले संस्कृतिविद् जोशीको सुस्वास्थ्य एवं दीर्घजीवनको कामना समेत गरेकी थिइन् । जोशीले सो अवसरमा अरनिकोको बारेमा आफूले लेखेका कृतिहरु तथा अरनिको र नेपाल एवं चीनको सम्बन्ध बारेमा राजदूतसँग चर्चा गरेका थिए । त्यस्तै चिनियाँ भाषाको बारेमा आफूले गरेको अनुसन्धानको बारेमा समेत उनले जानकारी गराएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

राजदूत यान्छीले चिनियाँ राजदूतले जोशीलाई चीन भ्रमणका लागि प्रस्ताव समेत गरेकी थिइन् । संस्कृतिविद् जोशीले आफ्नो स्वास्थ्य अवस्था र उमेरका कारण भ्रमणका लागि असमर्थ रहेको बताएका थिए ।

भेटका क्रममा राजदूत यान्छीले संस्कृतिविद् जोशीलाई दीर्घजीवन र सुस्वास्थ्यको कामना गर्दै मायाको चिनो प्रदान गरेकी थिइन् । यससँगै ललितपुर महानगरपालिकाका तर्फबाट प्रमुख चिरीबाबु महर्जनले मन्छिन्द्रनाथको रथ प्रदान गरेका थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC