site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
पृथ्वी बचाउने नयाँ बाटो
Sarbottam CementSarbottam Cement

क्याम्ब्रिज युनिभर्सिटीका वैज्ञानिकहरुले एउटा यस्तो रिसर्च सेन्टर बनाएका छन्, जहाँ पृथ्वी बचाउनका लागि नयाँ बाटो खोज्न सकिनेछ । यो केन्द्रमा यस्तो तरिकाहरुको खोज हुनेछ, जसले पग्लिरहेको बरफलाई पुनः जमाइदिन सक्छ । वातावरणबाट कार्बनडाइअक्साइड निकाल्न सकिन्छ । 

यो केन्द्रको पहल बेलायती सरकारका पूर्व मुख्य वैज्ञानिक सल्लाहकार प्रोफेसर सर डेभिड किङका तर्फबाट गरिएको हो । उनले बीबीसीसँग भने, ‘‘आगामी १० वर्षमा हामी जे गर्छौं, त्यसबाट अगाडिको १० हजार वर्षसम्मको भविष्य तय हुनेछ । यो संसारमा कुनै पनि यस्तो केन्द्र छैन, जसले यस्तो महत्वपूर्ण विषमा आफूलाई केन्द्रित गरोस् ।’’ 

क्याम्ब्रिज युनिभर्सिटीका जलवायु वैज्ञानिक डा. एमिली सुकबर्गका अनुसार नयाँ सेन्टरले मिसन जलवायु समस्याको समाधान गर्ने र यस कार्यमा कुनै पनि हालतमा विफल नहुने उद्देश्य लिइएको छ । ‘सेन्टर फर क्लाइमेट रिपेयर’ क्याम्ब्रिज युनिभर्सिटीको ‘कार्बन न्युट्रल फ्युचर्स इनिसियटिभ’को हिस्सा हो, जसको नेतृत्व सुकबर्गले गरेका छन् । यसले सामाजिक वैज्ञानिक, अन्य वैज्ञानिक तथा इन्जिनियरहरुलाई एकसाथ अगाडि बढाउने छ । 

Prabhu Bank
Agni Group
NIC Asia

डा. सुकबर्गले बीबीसीसँग भने, ‘‘वास्तवमा हाम्रो समयको यो सबैभन्दा ठूलो चुनौतीमध्येको एक हो । र, हामीलाई थाहा छ कि, हाम्रो सारा प्रयासका माध्यमबाट यसको  जवाफ दिनु आवश्यक छ ।’’

हिउँलाई दोहोर्याएर जमाउनु
धु्रवहरुमा हिउँ जमाउने कोसिसमा सबैभन्दा महत्वपूर्ण कदम भनेको हिउँमाथि पर्ने बादललाई ‘चमकदार’ बनाउनु हो । यसका निम्ति मानवरहित जहाजमा निकै पातलो नली राखिने छ र समुद्रको पानीलाई पम्पद्वारा तानिने छ । पानीको नूनको कण नलीमा आउने छ र यसलाई बादलमा पु¥याइने छ । यसबाट बादलले गर्मीलाई थप रिफ्लेक्ट गर्न सक्छ । 

Global Ime bank

‘सीओटु’ रिसाइकल
जलवायु परिवर्तनसँग जुध्ने अर्को एउटा महत्वपूर्ण तरिका भनेको ‘कार्बन क्याप्चर एन्ड स्टोरेज’हो, त्यसलाई सीसीएस भनिन्छ । सीसीएसमा कोइला या ग्यासबाट निस्किएको कार्बन डाइअक्साइडलाई बिजुली या इस्पातको संयन्त्रबाट एकत्रित गरिन्छ र यसलाई अन्डरग्राउन्ड स्टोर गरिन्छ । 

युनिभर्सिटी अफ सेफिल्डका प्रोफेसर पिटर स्टाइरिङका अनुसार दक्षिण वेल्सको बन्दरगाह टेलबोटमा टाटा स्टिलसँग मिलेर कार्बन क्याप्चर एन्ड युटिलाइजेसन (सीसीयु) पाइलट योजना विकसित गरिँदैछ । यसले प्रभावकारी ढङ्गमा सीओटु रिसाइकल गर्छ । स्टाइरिङ भन्छन्, ‘‘यो योजनामा एउटा संयन्त्र स्थापना गरिनेछ, जसले कार्बन उत्सर्जनलाई इन्धनमा परिवर्तन गर्छ । हामीसँग हाइड्रोजन, कार्बन डाइअक्साइडको एक–एक सोर्स छ । र, गर्मीको पनि एक सोर्स छ । हामी यसका माध्यमबाट रिन्युएबल इनर्जी पैदा गर्छौं । हामी सिन्थेटिक इनर्जी बनाउँदै छौं ।’’  

समुद्रमा हरियाली
यीमध्ये एउटा उपाय समुद्रलाई हराभरा बनाउनु पनि हो । यसो गर्दा समुद्रले सीओटु लिन सक्छ । समुद्रमा जाने अम्लको असरलाई गर्मीरोधक कोरल तथा वनस्पतिबाट नै कम गर्न सकिन्छ । यर्क युनिभर्सिटीका प्रोफेसर केलम रबर्ट्स भन्छन्, ‘‘मलाई लाग्छ, जलवायु परिवर्तनको असर कम गर्न प्रकृतिकै उपयोग गर्नुपर्छ ।’’ 

अकल्पनीय सोच
यस्तोखालको उपायमा असफलता हुन सक्ने सम्भावना पनि रहन्छ । यो अव्यावहारिक साबित हुन पनि सक्छ । तर यी र यस्ता विकल्पहरुको मूल्याङ्कन सही ढङ्गमा गर्नुपर्ने क्याम्ब्रिज युनिभर्सिटीका समुद्र भौतिकी प्रोफेसर पिटर वाधम्स बताउँछन् । ‘‘कार्बन उत्सर्जन कम गरेर अब यस्ता समस्यासँग जुध्न सकिँदैन,’’ उनी भन्छन्, ‘हामीले यदि कार्बन उत्सर्जन कम ग¥यो भने ग्लोबल वार्मिङको गति केही घट्ने मात्र हो, यसलाई रोक्न सक्ने होइन किनकि, यो धरती निकै तातो भइसकेको छ । यस्तो अवस्थामा क्लाइमेट रिपेयर नै प्रभावकारी हुन्छ ।’’ 

बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६  १३:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC